सवारी दुर्घटनामा ७ घाइते

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७६
accident

पोखरा, ३० कात्तिक । पोखरा–३२ कोत्रे पुल नजिकै शनिवार सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग.१ख ७८४७ नं को टिप्परले ग २ च ५४६९ नं को कारलाई ठक्करदिँदा कार अनियन्त्रित भई रोकी राखेको बा ५च ८४०१ नं को जिपमा ठक्करखाँदा कार र जिपमा सवार सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि पोखरा ल्याइएको छ ।

घाइते हुनेमा ग २ च ५४६९ नं का कार चालक पोखरा–१५ निवासी २९ वर्षीय युवराज भट्टराई गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सोही कारमा सवार स्याङ्जा पुतलीबजार नगरपालिका–७ का २७ वर्षीया प्रतिमा पोख्रेल घाइते भएकी छन् ।

त्यस्तै बा.५च. ८४०१ नं को जिपमा सवार पोखरा–१ बगर निवासी ४१ वर्षीया लक्ष्मी अधिकारी, सोही स्थान निवासी ४० वर्षीय युवराज अधिकारी, पोखरा–७ निवासी ४४ वर्षीया राधा सुवेदी, पोखरा–१ निवासी ४७ वर्षीया देवि कोइराला र पोखरा–१० अमरसिंहचोक निवासी ४० वर्षीया सीतादेवी तिमिल्सेना घाइते भएकाो प्रहरीले जनाकारी दिएको छ । उनीहरुको गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width