आलमलाई ल्याइयो रातारात नख्खु कारागार

एजेन्सी
कार्तिक ३०, २०७६
8eb1130550e91a3b681ac485f25e2497_w1000_h500_cp – Copy

काठमाण्डौ, ३० कात्तिक । रौतहट राजपुर बम काण्डमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका नेपाली कांग्रेसका निलम्बित सांसद अफताव आलमलाई रातारात ललितपुरको नख्खु कारगार ल्याइएको छ ।

आलमलाई जिल्लाामा राख्नसमेत जोखिम देखिएपछि उनलाई अदालतले थुनामा राख्न आदेश दिएकै दिन शुक्रबार राति नख्खु कारागार ल्यायउको हो । स्रोतका अनुसार डिल्लीबजार सदरखोर आउने आलमको चाहना भए पनि गृह मन्त्रालयले धेरै भीभीआईपी कैदी एकैठाँउ राख्न सहमति नदिएपछि उनलाई नख्खु कारागार ल्याइएको हो।

रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भुपेन्द्र खत्रीले आलमलाई नख्खु कारागार पु¥याएर प्रहरी टोली फर्किने तयारीमा रहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width