बुद्धचोकका थापालाई हिराको हार

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
har_Fotor

पोखरा–१० वुद्धचोक निवासी दीपकबहादुर थापाले लक्की ड्र मार्फत ३ लाख रुपैयाँ मूल्य बराबरको हिराको हार उपहार प्राप्त गरेका छन्।

केएल दुगड अन्तर्गत स्वस्तीक आयाल इण्डष्ट्रिजद्वारा उत्पादित सन् फ्लो सनफ्लावर तेल खरिद गरेका थापालाई लक्की ड्रमा उक्त उपहार परेको हो।

पोखरामा बुधबार एक समारोहबीच कम्पनीमा व्यवस्थापक उपेन्द्र सिग्देलले भाग्यमानी थापालाई सो उपहार प्रदान गरे।

उक्त तेल खरिद गरेवापत प्रत्येक १५ दिनमा लक्की ड्र मार्फत १ जनालाई हिराको हार र हिराका झुम्का र टप उपहार राखिएको छ।

तीन महिनापछि गोलाप्रथाद्वारा बम्पर उपहार समेत प्रदान गरिने र बम्परमा पनि हिराको हार नै उपहार रहने जानकारी व्यवस्थापक सिग्देलले दिए।

थापाले तेल खरिद गरेको मीनबहादुर शेरचन स्टोर्सका संचालक दीपकबहादुर शेरचनलाई पनि कम्पनीले ३२ इञ्चको रंगीन टिभी प्रदान गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width