विद्यालयमा पिच निर्माण सहयोग

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७६
cricket-2_Fotor

पोखराका विभिन्न ५ वटा विद्यालयमा क्रिकेट अभ्यास पिच निर्माणमा सहयोग प्राप्त भएको छ। बेलायतको मेलवोर्न क्रिकेट क्लबको आर्थिक सहयोग र किडाशा पोखरा कार्यालयको प्राविधिक सहयोगमा पिच निर्माण हुने भएको हो।

नजिकका अन्य १० विद्यालयका विद्यार्थीले अभ्यास गर्न पाउने गरी पोखराका ५ विद्यालयमा अभ्यास पिच निर्माण गर्ने समझदारी भएको बालहितकारी परियोजनाका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिए। पिच निर्माण हुने ५ वटा तथा अभ्यास गर्न पाउने १० सहित १५ वटै विद्यालयलाई क्रिकेट खेल सामग्रीहरु प्रदान गर्ने गरि बालहितकारी परियोजनाले ‘ब्रेकिङ बाउन्ड्रिज’ नामको परियोजना निर्माण गरेर अघि बढेको बालहितकारी परियोजनाका अध्यक्ष पहारीले जनाए।

परियोजनाको मंगलबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बाराही माविको खेल मैदान उद्घाटन गरी शुरुवात गरेका हुन्।

परियोजना अन्तर्गत पोखराका थप ४ सरकारी विद्यालयमा अभ्यास पिच निर्माण हुनेछ। कार्यक्रममा मेलवोर्न क्रिकेट क्लबका क्याप्टेन एवी कार्टर, किडाशा प्रमुख कार्यकारी अधिकृत जानिस मिलर, बाराही माविका प्रअ शिवराज भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width