प्रदेश प्रमुख प्यासीलाई जन्मथलोमा स्वागत

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७६
pyasi samman.jpg11

पोखरा २६ कात्तिक । प्रदेश नम्वर १ का प्रमुख सोमनाथ अधिकारी प्यासीलाई जन्मथलो पोखरा १६ वाटुलेचौर स्वागत गरिएको छ । प्रदेश प्रमुख भएपछि पहिलो पटक जन्मथलो आएका प्यासीलाई स्थानीयवासीले स्वागत सहित सम्मान गरेका हुन् ।

मंगलवार उनको स्वागतमा पोखरा १६ मा रहेका विभिन्न दलका नेता, कार्यकर्ता, सामाजिक व्यक्ति, आमा समूह, क्लब, विभिन्न संघसंस्थाका प्रतिनिधि, र स्थानीयवासी लामवद्घ भई प्रमुख प्यासीलाई फूलमाला र खादा लगाई सम्मान गरेका थिए ।

उनको सम्मानमा स्थानीय पञ्चेवाजाको टोली सहित निवासमै पुगेका थिए । प्यासीलाई स्वागत गर्न वालवालिका देखि ८० वर्ष उमेर समूह कटेका जेष्ठ नागरिक पनि सडकमा लामवद्घ भएका थिए । उनीहरुले प्यासीलाई प्रदेशको प्रमुख जस्तो गरिमामय पदमा पुगेकोमा वधाई दिदै पदको गरिमालाई थप उचो वनाउन आर्शिवाद समेत दिएका थिए ।

उनलाई स्वागत गर्न संघीय संसदका सांसद खगराज अधिकारी, नेकपा कास्कीका ईन्चार्ज राजकाजी गुरुङ, गण्डकी प्रदेशका सांसद कुमार खड्का, प्रभा कोइराला, पोखरा १६ का वडाध्यक्ष जीवन आचार्य, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा लगायतका वाटुलेचौर पुगेका थिए । प्यासीलाई उनको निवासमा प्रहरीको एक टुकडीले सम्मान गारत अर्पण समेत गरेको थियो ।

प्रदेश प्रमुख प्यासीलाई स्थानीय प्रगतिशील आमा समुहले पनि एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।उनी मंगलवार दिनभर जसो नै आफ्नै निवासमा भेटघाटमा व्यस्त रहेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width