नोकियाको स्मार्ट फोन

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७६
mobile_Fotor

नोकिया मोवाइलको आकर्षक डिजाइनको ७.२ स्मार्ट फोन र १०५ फिचर फोन बजारमा आएको छ। ६.३ इन्च डिस्ले र ४८ मेगापिक्सल क्यामरा भएको नोकियाको नयाँ स्मार्टफोन ७.२ बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

नोकियाको स्मार्ट फोनमा ३ वर्षको लागि एन्ड्रोइडको नयाँ अपडेट र सेक्युरेटी अपडेट गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।

फिनल्याण्डको कम्पनी एचएम डि ग्लोबल ले २०१६ डिसेम्बर १ बाट नोकिया ब्राण्डका स्मार्ट तथा फिचर फोनहरुको बिक्री गर्न शुरु गरेको थियो। हालै नोकियाले नेपालको लागि आफ्नो आधिकारिक बिक्रेतामा देशकै अग्रणी मोबाइल व्यवसायी कम्पनी टेलिटक प्रालिलाई छनोट गरेको जनाएको छ।

टेलिटक प्रालिले एक दशकदेखि विभिन्न अन्तराष्ट्रिय ब्राण्डका मोबाइलहरु त्था आफ्ना स्वउत्पादनका मोबाइल नेपाली बजारमा बिक्री गर्दै आएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width