म्याग्दीमा मुस्लिम समुदायले मनाए मोहम्मदको जन्मजयन्ती

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
muslim (2)

?

म्याग्दी ,२४ कात्तिक । म्याग्दीमा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाइएको छ ।

म्याग्दी मुस्लिम सेवा समाज समितिको आयोजनामा आइतबार बेनीमा झाँकी सहितको र्याली तथा विभिन्न कार्यक्रम गरी मोहम्मदको १४९४ औ जन्म जन्मदिन मनाइएको हो । जिल्ला प्रशासन कार्यालय अगाडिको चोकबाट सुरु भएको  र्याली न्युरोड, क्याम्पसचोक, गणेशटोल, बालमन्दिर चोक हुदै पुन सोही ठाउँमा पुगेर समापन भएको थियो ।

मुस्लिम समुदाय जातीय पोशाक सहित प्लेकार्ड र ब्यानर बोकेर ¥यालीमा सहभागी भएका थिए । इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरवको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने मुस्लिम सेवा समाज म्याग्दीका अध्यक्ष रहमद खानले बताए ।

उनका अनुसार मोहम्मदको ६३ वर्षको उमेरमा साउदीकै मदिनामा निधन भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचनन गर्ने उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मुस्लिम सेवा समाज म्याग्दीका अध्यक्ष रहमद खानले बताए ।

मोहम्मदको जन्मजयन्तीको अवसर पारेर मुस्लिम सेवा समाज समितिले शनिबार बेनी अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफुल वितरण गरेका थिए । १८ जना बिरामीलाई फलफुल वितरण गरिएको म्याग्दी मुस्लीम सेवा समाज समितिका अञ्जित खानले जानकारी दिए । म्याग्दीमा करिब एक सय परिवार मुस्लिम समुदायको बसोबास छ ।

Related News

सम्बन्धित समाचार

hero news full width