श्रीभद्रलाई धनुष पत्रकारिता पुरस्कार

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
shreebhadra photo_Fotor

आदर्श समाज दैनिकका हेमजा संवाददाता श्रीभद्र पौडेललाई धनुष स्थानीय पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिएको छ।

पत्रकारितामार्फत् सहकारी क्षेत्रमा विशेष योगदान पुर्याएकोमा शनिबार पौडेललाई धनुष बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारणसभा अवसरमा नगद ३ हजार सहित सम्मानपत्र प्रदान गरिएको हो।

लामो समयदेखि आदर्श समाज दैनिकमा कार्यरत पौडेल गौरीशंकर क्याम्पसमा प्राध्यापनसमेत गर्दछन्।

यसैबीच, सहकारीले उत्कृष्ट बचतकर्ताको रुपमा बालकृष्ण दाहाल, पुरुषोत्तम सुवेदी, धर्मराज दवाडी र लिलाधर चपाईं, असल व्यवसायीको रुपमा सुरेश लालचन, उत्कृष्ट शेयर सदस्यको रुपमा राजु सुवेदी, उत्कृष्ट कर्मचारीतर्फ अमृता अधिकारी र प्रमिला पौडेल, वर्ष कर्मचारीतर्फ सुशान्त आचार्य तथा शेयर सदस्यका छोरीछोरीमध्ये एसइईमा उत्कृष्ट हुने अनमोल सुवेदी, सजिना गिरी र रजनी श्रेष्ठलाई पनि सम्मान गरेको छ।

कार्यक्रम राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाका प्रमुख सन्तोष घिमिरेको प्रमुख आतिथ्यमा भएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै