विद्यासँगै प्यासी र राजकाजी पनि उम्मेदवार सिफारिस

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७६
bidhya-karan-and-pyasi

पोखरा, १४ कात्तिक । कास्की २ को उपनिर्वाचनका लागि गत साता नेकपा कास्कीले रवीन्द्रपत्नी विद्या भट्टराईलाई निर्विरोध उम्मेदवारमा सिफारिस गरेको भएपनि त्योे सिफारिस निर्णय प्रदेशले कमिटीले उल्याउदै विद्यासहित ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

विद्यासँगै प्रदेश कमिटीले सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नाम पनि थप गरेको हो । कात्तिक ९ गते भएको प्रदेश कमिटी बैठकमा यसबारे वहस भएको थियो । मुख्यमन्त्रीसमेत रहेका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङको जोडबलमा ३ जनाको नाम सिफारिस गरिएको बताइएको छ ।

जिल्लाबाट सर्वसम्मत नाम सिफारिस गर्दा माथिल्ला निकायलाई सहज हुनुपर्नेमा निकायले नै नाम थप्नुले प्रदेश पार्टी इन्चार्ज गुरुङको नियतमा शंका उब्जिएको बताए । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्वाचित भएको कास्की २ सहित देशका विभिन्न स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ ।

Related News

सम्बन्धित समाचार

hero news full width