उत्कृष्ट टान पत्रकारिता अवार्डबाट बराल सम्मानित

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७६
krishnamani baral samman (1)

पोखरा, ३० असोज । पत्रकार कृष्णमणि बराल उत्कृष्ट टान पत्रकार अवार्डबाट बुधवार पोखरामा सम्मानित भएका छन् ।

टे्किङ एजेन्सीज  एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको २६ औं साधारण सभामा बराललाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, टे्किङ एजेन्सीज एशोसियसन अफ नेपाल पोखराका अध्यक्ष हरि भुजेलले सम्मान पत्र र नगद १० हजार रुपैयाँले सम्मन गरेका हुन् ।

अन्नपुर्णपोष्ट दैनिकमा कार्यरत बरालले नयाँ पर्यटकीय गन्तब्यको समाचार सम्पे्रषण गरी पदयात्रा पर्यटनको विकासमा योगदान दिएको भन्दै टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले सम्मान गरेको हो । कार्यक्रममा उत्कृष्ट पथप्रदशक सुनीता गुरुङ, सगरमाथा आरोही गोपाल श्रेष्ठ, नेपालको पहिलो सगरमाथा उचाई मापन टोलीका प्राविधिक टोलीको नेतृत्व गरेको प्रमुख नापी अधिकृत खिमलाल गौतमलाई समेत सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width