४ किलोग्राम चरेससहित गोङ्गबुबाट २ युवा पक्राउ

रासस
असाेज २९, २०७६
fast-facts-about-the-war-on-drugs

काठमाडौँ, २९ असोज । नेपाल प्रहरीले चार किलोग्राम चरेससहित २ युवालाई काठमाण्डौको गोङ्गबुबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले झोलामा चरेस बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई गोङ्गबुबाट पक्राउ गरिएको जानकारी दिए । “चरेस बेचबिखन गर्न हिँडेको भन्ने अनुसन्धानमा खुल्न आएको छ”, उनले भने – पक्राउ परेका दुवैलाई लागुऔषध ऐन, २०३३ अन्तर्गत मुद्दा चलाइने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width