आइसीसीद्वारा सशर्त क्यानको निलम्बन फुकुवा

एजेन्सी
असाेज २८, २०७६
24a9e579154282d86edcc16de5dc6505_w1000_h500_cp

काठमाण्डौ, २८ असोज । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको निलम्बन सशर्त फुकुवा गरेको छ।

दुबईमा सोमबार सम्पन्न आईसीसीको बोर्ड बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। तर, आईसीसीले जारी गरेको विज्ञप्तिमा शर्तहरु भने खुलाएको छैन।

यसै महिना निर्वाचित १७ सदस्यीय केन्द्रीय कार्यसमिति पश्चात नेपाललाई पुन आईसीसी सदस्यको रूपमा स्वीकार गरेको छ, आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आईसीसीले निष्पक्ष चुनाव नभएको र सरकारी हस्तक्षेपको कारण देखाउँदै २०७३ बैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो। आइसीसीका अध्यक्ष सशांक मनोहरले विज्ञप्तिमा भनेका छन् । निलम्बन फुकुवाका लागि नेपालले गरेको प्रगतिका आधारमा एसोसियट राष्ट्रले पालना गर्नुपर्ने नियमहरु पालनामा प्रतिवद्धता जनाउनका निमित्त नेपालका लागि संक्रमणकालिन योजना विकसित गरिनेछ। जसमा फन्डको नियन्त्रण पनि सामेल हुनेछ ।

तर,आईसीसीको स्वतन्त्र कमिटिले काठमाडौंमा गत असोज १० र ११ गते साधारण सभा आयोजना गरेपछि क्यान निलम्बन फुकुवाको बाटो खुलेको थियो। साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width