जल्धारे सहकारीको ११ औं साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
jaldhara shabing_Fotor

पोखरा २६ स्थित जल्धारे बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभा उद्घाटन गर्दै संघीय सांसद खगराज अधिकारीले पुरानै पाराले सहकारी संचालन गरे कोही कसैको पनि उन्नति नहुने टिप्पणी गरे। ‘सत्ता र व्यवस्था परिवर्तन भयो तर काम गर्ने शैली र कार्य संचालन विधि उही छ, ’ उनले भने, ‘हाम्रो सोचमा परिवर्तन हुन सकेन। ’ उनले सहकारीलाई पैसाको व्यापारमा मात्र सीमित नराखी कृषिमा आधारित गरी उत्पादनतर्फ अघि बढ्नुपर्नेमा जोड दिए। त्यस अवसरमा पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, लेखनाथ उद्योग वाणिज्य संघ द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा, लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था अध्यक्ष विष्णुप्रसाद बराल, सत्यता बचत तथा ऋण सहकारी संस्था अध्यक्ष खड्कबहादुर रानाभाट र लोकदोहोरी गायक शिवहरि ढुंगाना लगायतले बोलेका थिए। साधारणसभाले कोषाध्यक्ष राजु बरालको आर्थिक प्रतिवेदन पारित गरेको छ।

सहकारी अध्यक्ष श्रीकान्त ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शारदादेवी बरालले स्वागत र सचिव विचित्रनाथ ढुंगानाले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width