मार्बल र दोवा समाजलाई भलिबल उपाधि

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
Nadipur Volleyball Final_Fotor

नदिपुरमा सम्पन्न तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिताको उपाधि मार्बल ईन्टरप्राइजेज र दोबा समाजले जितेको छ।

पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको प्रतियोगिता अन्तरगत छन्त्याल समाजको खेलमैदानमा आइतबार सम्पन्न पुरुषतर्फको फाइनल खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र रातो (आयोजक) लाई १–३ को सेटले हराउँदै मार्बलले र महिला तर्फ टीजी गर्ल्सलाई १–३ को सेटले हराउँदै दोबा समाजले उपाधि जितेको हो।

पुरुषतर्फ फाइनल खेलमा मार्बल ईन्टरप्राइजेज बिरौटाले २३–२५, २५–१९, २५–११ र २५–१९ को सेटले आयोजक रातोलाई पराजित गर्यो। च्याम्पियन बनेको ईन्टरप्राइजेजले ५५ हजार ५ सय ५५ नगद तथा शिल्ड, मेडल प्रमाणपत्र पुरस्कार हात पार्यो।

त्यस्तै, महिलातर्फ टीजी गर्ल्सलाई १८–२५, २३–२५, १९ –२५ र १९ –२५ को सेटले पराजित गर्दै बिजेता बनेको दोबा समाजले २० हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पायो। पुरुषतर्फ उपबिजेता बनेको आयोजक रातोले ३५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो। त्यस्तै, महिलातर्फ उपबिजेता बनेको टीजी गर्ल्सले १३ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १३ हजार पुरस्कार पायो।

त्यस्तै, भेट्रान्सतर्फ बिजेता र उपबिजेता बनेको रामबजार र पृथ्वीचोकले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित खशी प्राप्त गर्यो। रामबजार भेट्रान्सका बलबहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी बने।

त्यस्तै, मार्बल ईन्टरप्राइजेजका अमृत केसी पुरुषतर्फ सर्बोत्कृष्ट खेलाडी घोषित भए। सोही क्लबकै कमल सुनार उत्कृष्ट ब्लकर, दिपक थापा उत्कृष्ट डिफेण्डर, मिलन राना उत्कृष्ट सेटर, याम क्षेत्री उत्कृष्ट क्वीकर, सुजन चोपाल उत्कृष्ट सर्भर, किरण गुरुङ उत्कृष्ट स्पाइकर बने। आयोजक टिमका प्रितम गुरुङ उदीयमान खेलाडी बने।

त्यस्तै, महिलातर्फ दोबा समाजकी कल्पना छन्त्याल सर्बोत्कृष्ट खेलाडी बनिन्। समाजकै सस्मी पुन उत्कृष्ट स्पाइकर, निरु पुन उत्कृष्ट सेटर, रस्मिता दुरा उत्कृष्ट डिफेण्डर, रेखा राना उदीयमान खेलाडीको बने। टीजी गर्ल्सकी सनिशा रानाले उत्कृष्ट सर्भर बनिन्।

सोही बिचमा मृगौला पिडित सुरज गुरुङको उपाचारका लागि प्रतियोगिता अवधिभर टिकटमार्फत संकलित ८६ हजार रुपैया आयोजक संस्थाका अध्यक्ष मनोज खड्काले अभियन्ता अनु गुरुङलाई हस्तान्तरण गरे।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै