‘रोजगारी, भविष्यमा सबैलाई लाभकारी’ नाराका साथ गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपालका चार प्रदेशमा पर्यटन प्रवद्र्धन अभियान २०१९ संचालन गर्ने भएको छ।
कुल ५० जना सहभागी हुने अभियान असोज ९ देखि १६ गतेसम्म संचालन हुने पर्यटन मन्त्री विकास लम्सालले विहीबार पत्रकार सम्मेलनमा जानकारी दिए।
अभियान प्रदेश ५ को प्रादेशिक राजधानी वुटवल र भैरहवाको वीचमा मणिग्राम, प्रदेश २ को वीरगञ्ज, प्रदेश १ को विराटनगर र प्रदेश ३ को काठमाडौमा संचालन हुने मन्त्रालयको पर्यटन वर्ष २०१९—२२ का संयोजक जुद्धबहादुर गुरुडले जानकारी दिए।
दुई प्रदेशका सरकारबीच व्यासायिक कार्यक्रम (जीटुजी), सरकार र व्यावसायिक प्रतिष्ठानबीचमा व्यापारीक सहकार्य, (जीटुवी) व्यापारीहरु विचको अनुभव साटसाट, सहकार्य (वीटुवी), फोटो प्रदर्शनी, पत्रकार सम्मेलन, सांस्कृतिक कार्यक्रम संचालन हुने गुरुङले सुनाए।
अभियानक्रममा बाटोमा पर्ने प्रमुख पर्यटकीय स्थानहरु पाल्पा जिल्लाको तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौडा, धनुषा जिल्लाको जनकपुरधाम, सुनसरीको धरान र झापाको विर्तामोडमा वीटुवी कार्यक्रम, पत्रकार सम्मेलन र गण्डकी प्रदेशको प्रख्यात सांस्कृतिक कार्यक्रम गीत र नाच प्रस्तुत गरिने जनाइएको छ। कार्यक्रमका लागि ३६ लाख रुपैयाँ बजेट प्रस्तावित गरिएको छ।
यस अभियानमा खासगरी प्रदेशिक सरकारका साथै निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानहरुबीच व्यापारिक वार्तालाप, अनुभाव आदानप्रदान तथा अन्य व्यावसायिक कार्यक्रमहरु तय गरिने बताइएको छ।
प्रदेश १, २, ३ र ५ का प्रदेशका सरकारी, गैरसरकारी निकायहरु लगायत स्थानीय जनतालाई मन्त्री लम्सालले गण्डकी प्रदेश भ्रमणका लागि चुल्हे निम्तो दिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
यसैगरी सरकार र सम्बन्धित क्षेत्रका पर्यटन व्यवसायीको व्यावसायिक साझेदारी तथा सहकार्यको वार्तालाप, कलाकारले गण्डकी प्रदेशको सांस्कृतिक पक्ष झल्काउने नाचगान प्रस्तुत गर्ने र गण्डकी क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा साहसिक गतिविधिको तस्वीर पोखरा फोटो पत्रकार संघले आयोजना गर्ने बताइएको छ। अभियान टोलीसित स्थानीय पत्रकार भेटघाटको कार्यक्रम समेत हुने जनाइएको छ।
अभियानको प्रमुख लक्ष्य आन्तरिक भ्रमण वर्ष २०१९ को अवसरमा नेपालका प्रमुख शहरहरुमा गण्डकी प्रदेशको बारेमा प्रचारप्रसार गर्न, गण्डकी प्रदेशका पर्यटकीय आकर्षणबारे आन्तरिक पर्यटकमाझ प्रवद्र्धन गर्न र गण्डकी प्रदेश तथा नेपालका प्रमुख शहरहरुका पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध स्थापित गर्न कार्यक्रम हुन लागेको मन्त्री लम्सालले सुनाए।
गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन वर्ष २०१९– ०२२ को सचिवालय र नेपाल पर्यटन बोर्ड प्रदेशिक कार्यालय पोखराको संयुक्त आयोजना र निजी क्षेत्रको सक्रिय सहभागितामा गण्डकी प्रदेश सरकारको पहिलो चरणको गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत यो कार्यक्रम हुन लागेको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुडले पोखराबाट असोज ९ मा अभियान टोलीलाई बिदाइ गर्ने र काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने कार्यक्रम छ।
गण्डकी प्रदेशले सन् २०१९ देखि २०२२ सम्मलाई गण्डकी प्रदेश पर्यटन वर्ष भनी घोषणा गरेको छ। यस ३ वर्षको अवधिलाई अझ विस्तृतमा सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी मुलुकका पर्यटन आकर्षण वर्ष, सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तराष्ट्रिय पर्यटन भ्रमण वर्ष भनी उल्लेख गरिएको छ। १५ लाख पर्यटक गण्डकी प्रदेशमा भित्र्याउने उद्देश्यसहित प्रदेश सरकारले अहिले आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१