लमजुङ । लमजुङमा गण्डकी प्रदेश सभाको प्रदेश प्रदेश मामिला समितिद्वारा कारागारको वस्तुगत अनुगमन गरेको छ । समितिका सभापति कृष्ण थापाको नेतृत्वमा आएको पाँच सदस्यीय समितिले कारागारको अनुगमन गरेको हो ।
उक्त अवसरमा सो समितिका सदस्य सांसदद्वय मधु अधिकारी र कृष्णबहादुर थापा, उक्त समितिका सचिव रवीन्द्र घिमिरे, बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, प्रहरी नयाव उपरीक्षक राजेन्द्रमान गुरुङ, पत्रकार महासंघका अध्यक्ष आश गुरुङसहितका पत्रकारहरूको सहभागिता थियो ।
कारागार शाखामा प्रमुख विष्णुप्रसाद पौडेलले कारागारको वस्तुस्थितिका बारेमा १३ बुँदे स्थितिपत्र दिएका थिए । उक्त अवसरमा कैदीबन्दीले कारागार भवनको छाना चुहिने, शौचालयको निकास नभएको, वारिङसमेत जीर्ण रहेको, खानेपानीको असुविधा लगायतको विषय जानकारी गराएका थिए ।
कारागार निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी भट्टराईको कार्यकक्षमा अन्तरक्रिया गरिएको थियो । सो अवसरमा सहभागीहरूले विभिन्न सुझाव दिएका थिए । समितिका सभापति कृष्ण थापाको अध्यक्षतामा भएको अन्तरक्रियामा उनले जेल समस्या हो र यसको समाधान हामी सबैको जिम्मेवारी हो भन्ने बुझौं, हामीले प्राप्त सुझाव र देखेका समस्याको विस्तृत प्रतिवेदन प्रदेश सरकारलाई बुझाउँछौ भने । सांसद मधु अधिकारीले हामीले यो भ्रमणको निचोडको प्रतिवेदन प्रदेश सरकारलाई दिने र काम भए नभएको बारेमा वीचवीचमा अनुगमन गर्ने कार्यक्रम रहेको बताइन् । अर्का सांसद कृष्णबहादुर थापाले जेललाई सुधार गृह बनाउन आफूहरू तयार रहेको प्राप्त गहन सुझावको कार्यान्वयका लागि पहल गर्ने बताए ।
बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले शून्य स्थितिमा काम गर्नु पर्ने अवस्था छ भने । उनले भौगोलिक हिसावले बेसीशहर नगरपालिकामा कारागार रहेको भएतापनि यो यस पालिकाको मात्र हैन । तर संघीय र प्रदेश सरकारकाले केही गर्न नसक्ने भन्ने हो भने नगरपालिकाले तत्कालीन राहतका लागि गर्नुपर्ने काम गर्नेछ भने । प्रजिअ भट्टराईले कारागार सुधारगृह जस्तो हुन सकेन, शौचालयको निकास छैन, छाना चुहिन्छ, पर्खाल चीरिएको अवस्था छ यी सबै समस्याको समाधानका लागि अल्प र दीर्घकालीन योजनाका साथ सुधारका काम गर्नु पर्ने देखिन्त भने ।
प्रनाउँ रावीन्द्रमान गुरुङले सुरक्षाको स्थिति ठीकै छ, असईको कमाण्डमा १४ जना कार्यरत छन्, केही नहुँदा ठीकै देखिन्छ तर हुँदाको अवस्थामा सम्हाल्न कठिन हुने हो कि जस्तो पनि देखिन्छ भने । पत्रकार महासंघका अध्यक्ष आश गुरुङले भन्छौं सुधार गृह तर त्यहाँ भित्र बस्नेको मानसिकता म यसै अपराधी उसै अपराधी भनेर थप अपराधमा संलग्न हुन सिक्ने हो कि जस्तो स्थिति छ, किनकि सबैलाई एकैस्थानमा राखिएको छ । सुधारका काम कुरा केही देखिन्न भने । अग्रज पत्रकार नवराज पहाडीले २८ वर्ष अघि जिल्ला सदरमुकाम सर्दा निर्माण गरिएको भवन र स्थान त्यो बेलामा त्यसवरपर वस्ती थिएन । ऐले बजारको बीचमा जस्तो भइसकेको हुँदा स्थानान्तरण गर्नु पर्नेदेखिन्छ । शौचालयको निकासहितका कुराले पनि स्थानान्तरण गर्न आवश्यक देखिन्छ, कारागारभित्र पत्रपत्रिका, खेल सामग्री लगायतका वस्तुको सुविधा हुन जरुरी भने । सो कार्यक्रममा सप्रजिअ अनीलकुमार शाहीले सहजीकरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१