वालदिवस मनाइयो

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७६
bal

पोखरा २९ भदौ । बाल दिवस २०७६ को अवसरमा पोखरा–११ फूलबारीमा रहेको प्राइम मण्टेश्वरीले शनिवार विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएको छ ।

प्रमुख अतिथि पोखरा–११का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले कार्यक्रमको उद्घाटन गदै शिक्षादीक्षा प्रदान गर्नुको साथै उचित संस्कारको समेत विकास गर्नुपर्ने बताउदै बालबालिका प्रति हुने असमान व्यवहार विरुद्ध आवाज उठाई सम्मानपूर्वक बाल अधिकारको संरक्षण गर्नुपर्ने बताए ।

विद्यालयका व्यवस्थापक विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल सृजना बास्तोला लगायतले शुभकामना व्यक्त गरेकी थिइन   । कार्यक्रमको स्वागत विद्यार्थी विजय कोइराला सञ्चालन शिक्षकद्वय रामकृष्ण चौधरी र अप्सरा जिसी ले गर्नुका साथै विद्यार्थीले आआफनो प्रतिभा प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै