होमस्टेलाई प्राथामिकता

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७६
photo

भदाै, २७ पोखरा हरेक वर्ष होम स्टेमा आफ्ना विभिन्न कार्यक्रम गर्दै आएको टुरिष्ट बुक सप एशोसिएसन पोखराको १६ औं साधारणसभा कास्की र पर्वतको सीमाना मोदी गाउँपालिका अन्तर्गतको जयगाउँमा सम्पन्न गरेको छ ।

सभामा व्यवसायीहरुले समय सापेक्ष अगाडि बढ्न नसके कुनैपनि व्यवसाय दीर्घकालिन हुन नसक्ने कुरामा जोड दिएका थिए । कार्यक्रमका अध्यक्ष प्रेम शर्मा पौडेलले प्रविधिको विकाससंगै बुक सप व्यवसाय संकटमा परेको बताए । त्यसैगरी फलेवास नगरपालिका १ का अध्यक्ष बाबुराम पौडेलले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि होमस्टे प्रभावकारी हुँदै गएको सुनाए ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले ग्रामीण पर्यटन प्रवद्र्धनका स्थानीय उत्पादन उपलब्ध हुनुपर्नेमा जोड दिए । गाउँ पर्यटन मञ्चका अध्यक्ष रवीन्द्र पौडेलले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारको जरुरी रहेको बताए । स्थानीय युवा विष्णु पोखरेलले ग्रामीण पर्यटन प्रवद्र्धन सफल भएमा विदेश जाने युवालाई गाउँमै रोजगारी दिन सकिने भएकाले घरआवास कार्यक्रमलाई सबैको सहयोग रहेने जनाए ।

संस्थाका सदस्य दुर्गा शर्माले महिलाको सहभागिता होमस्टे प्रवद्र्धनका लागि उर्जाशील हुनेकुरा सुनाइन् । होमस्टे संचालक लक्ष्मी पोख्रेल, कृष्ण पोखरेल लगायतले सो गाउँको वर्तमान वस्तुस्थितिको वारेमा बोलेका थिए । संस्थाका सचिव भरतबहादुर पौडेल, सदस्य सावित्रा तिमिल्सिना लगायतले होमस्टेका बारेमा आफ्ना भनाइृ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width