सामुदायिक विद्यालयको अनुगमन

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७६
42_big

पाल्पा २४, भदौ । तिनाउ गाउँपालिकास्थित सामुदायिक विद्यालयको मंगलबार अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरको नेतृत्वमा विद्यालयको अनुगमन गरिएको हो ।

जनदीप माध्यमिक विद्यालय, पाटन आधारभूत विद्यालय, लक्ष्मी आधारभूत विद्यालय, देवी आधाभूत विद्यालय, ज्योति आधारभूत विद्यालयको अुगमन गरिएको गाउँपालिकाका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक राजेश श्रेष्ठले बताए । उनका अनुसार अनुगमनका क्रममा विद्यालयमा शिक्षक,अभिभावक र विद्यार्थीसँग विद्यालयका समस्या, समाधान र गुणस्तरीय शिक्षा प्रदान गर्ने उपायबारे छलफल समेत गरिएको थियो ।

गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरलाई प्रभावकारी बनाउन कसरी सकिन्छ भनेर स्थलगत अवस्था बुझ्न अनुगमन गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए । अनुगमनकाक्रममा जनदीप माविमा माध्यमिक तहको शिक्षकको अभाव, निजी श्रोतका शिक्षकहरुलाई तलव खुवाउन समस्या, देवी आधारभूत विद्यालयकमा कक्षाकोठाको समस्या र ज्योति आधारभूत विद्यालयमा भुइ बसाईका लागि पि–फर्मको आवश्यकता रहेको उनले बताए ।

यी समस्याहरूलाई गाउँपालिकाले प्राथमिकता दिएर सहयोग गर्ने अध्यक्ष घर्तीमगरले बताए । अनुगमनमा प्रवक्ता श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष दल बहादुर दर्लामी, वडा नम्बर ६ का वडा अध्यक्ष टोमबहादुर पुन र शिक्षा अधिकारी लक्ष्मी कुवर लगायतको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै