करेण्ट लागेर मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७६
7e56ad94d572683c7bfd068ad86ab325

पोखरा,२१ भदौ । पर्वत जिल्ला जलजला गाउँपालिका–८ दक्षिणकाली क्रसर उद्योग भित्र करेण्ट लागेर १७ वर्षीय गणेश किसानको मृत्यु भएको छ ।

उक्त क्रसर उद्योग भित्रको वालुवाको थुप्रोमा उभिएर मोवाइल फोन गर्दै हिडिरहेका किसानलाई क्रसर उद्योगमा जोडिएको थ्री फेजको तारमा छोइएपछि करेण्ट लागेको हो ।

म्याग्दीको बेनी नगरपालिका–२ घर भएका किसान क्रसर उद्योगमा वालुवा लिन आएको ट्याक्टरका सहचालक रहेको प्रहरीले जानकारी दिएको छ । उनको करेण्ट लागेर घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान शुरु गरुेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width