जिप दुर्घटनामा चार घाइते

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०७६
KamalKhatri_Beni_RSS_Accidentheli(8)

पोखरा, १७ भदौ । म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–३ स्थित मौवाफाँटमा ग.३ च. २२७ नं को बलेरो जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

मौवाफाँटबाट पिप्ले तर्फ जाँदै गरेको जिप सडकबाट एक सय मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा जिप चालक सहित चार जना घाइते भएका हुन् ।

दुर्घटनामा परी जिप चालक म्याग्दी मंगला गाउँपालिका–५ अर्मन निवासी २४ वर्षीय ओम पुन, काठमाण्डौ महानगरपिलका–२४ निवासी ३० वर्षीय शैलेस शाक्य, रामेछाप सुनपाती–४ बेथान निवासी २४ वर्षीय डिसम घिसिङ र रुपन्देही बुटवल निवासी ४७ वर्षीय बुद्धीसागर बस्याल घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । घाइते सबैलाई उपचारका लागि हेलिकोप्टर मार्फत राजधानी काठमाण्डौ लगिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width