लेखनाथ, १७ भाद्र । रुपा गाउँपालिका–७ स्थित हाँसपोखरी यूवा क्लबले तीजको अवसरमा आयोजना गरेको खुल्ला तीजगीत प्रतियोगितामा कुसुम हेल्थ क्लब प्रथम भएको छ ।
प्रतियोगितामा द्धितीय, तृतीय तथा सान्त्वना स्थान क्रमशः हाँसपोखरी दलित दिदी बहिनी समुह, हाँसपोखरी साथी संगिनी समुह र ईशानेश्वर मावि क्लबले हासील गरेका छन् ।
पुरस्कारको राशि क्रमश प्रथम, द्धितीय, तृतीय तथा सान्त्वना हुनेलाई क्रमशः ८ हजार १ सय, ४ हजार १ सय, २ हजार १ सय र १ हजार १ सय रहेको थियो । उक्त पुरस्कारको रकम देश तथा विदेशमा रहेका आफ्नो गाँउको र संस्कृतिको माया भएका व्यक्तिहरुबाट प्राप्त भएको थियो ।
इन्द्रेणी आधारभुत विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त प्रतियोगिताका विजयी समूहलाई रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहेका वडा नं.७ का वडा अध्यक्ष दयासागर सुवेदीले रहेका थिए । तीज गीत प्रतियोगितामा १२ समूहको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा छठ पर्वको तयारी पूरा
सकियो सडक महोत्सव
याे वर्ष टुर दी पोखरा नहुने
‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत
थारु समुदायको संसारी पूजा स्थगित
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१