अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०७६
9332696-3×2-700×467

काठमाण्डौ , ७ भदौ । मौसमविद्का अनुसार शनिवार देशभर मेघ गर्जन र चट्यांगसहित वर्षा हुने भएको छ । देशको मध्ये तथा पश्चिमी भू-भागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको समय सम्भावना छ ।

चट्यांगबाट जोगिन तथा मध्य, पश्चिम र पूर्वी तराईका जिल्लामा यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन् । मौसम विज्ञान विभागले शनिबार बिहान जारी गरेको बुलेटिनमा लेखिएको छ-देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेको छ ।

मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरिएको छ । देशको मध्य तथा पश्चिमका भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना र देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना देखिएको छ ।

बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली विकसित भएको छ । त्यसैको प्रभावका कारण हाल नेपालका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली भई पश्चिमका केही स्थानमा वर्षा भइरहेको छ । मेघ गर्जन र चट्टयांगसहित पानी पर्ने क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width