खुत्रुकेको पैसा आश्रममा

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७६
111 (1)

पोखरा, २ भदौ । पोखरा–१० गीता–शान्ति मार्ग महिला समूहका महिलाहरुले आफ्नो खुत्रुकेको पैसा संकलन गरी मानव सेवा आश्रम पोखरा–१७ का आश्रितलाई तीजको दर खुवाएका छन् ।

समूहका ६५ जना सदस्यले आफ्नो घरको खुत्रुकेमा संकलन गरेर राखेको पैसाले उक्त आश्रममा आश्रित ९२ जना असहायलाई सोमवारदर खुवाएका हुन् ।
समूहकी सचिव शान्ति सुवेदीले उनीहरुलाई दर खुवाउने कार्यसँगै एक÷एक वटा साडी उपहार समेत प्रदान गरिएको बताइन् । उक्त समूहले केही वर्षदेखि पोखराको रामघाट शिवमन्दिर परिसरमा तीजको दिन तडक–भडक रहित खुल्ला तीजगीत प्रतियोगिता समेत गर्दै आएको छ ।

उनीहरुलाई संगैवसेर दरखाँदा र साडी प्रदान गर्दा आफ्नै आमा दिदी बहिनी एवं दाजुभाईलाई भेटे जस्तो अनुभूति भएको समूहकी अध्यक्ष माया दुवाडीले बताइन । खुत्रुकेको पैसा मानव सेवामा खर्चगर्नु उदाहरणीय कार्य भएको पोखरा–१० का वडा सदस्य दीपकबहादुर थापाले बताए । सदस्य थापा महिला समूहसँगै दरखुवाउने कार्यक्रममा मानव सेवा आश्रम पुगेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width