भेलले बगाएर बालिकाको मृत्यु

rss रासस
भाद्र २, २०७६

गलकोट, २ भदौ । बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बडिगाडस्थित डाँफेपातल आधारभूत विद्यालयबाट अध्ययन गरी फर्कने क्रममा शर्मिलालाई भेलले बगाएको स्थानीयले बताएका छन् । विद्यालयबाट फर्कने क्रममा मोटरबाटोमा हिँडिरहेकी बालिकालाई ठूलो पानी परेसँगै सडक निकारामा आएको भेलले बगाएर झण्डै ५०० मिटर तल पु¥याएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । उनी डाँफेपातल आधारभूत विद्यालय कक्षा २ मा अध्ययनरत छात्रा हुन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

विश्वकै नमूना धार्मिक स्थल बन्दै रुरुक्षेत्र

थप प्रमुख समाचार

ज्येष्ठ नागरिक मिलन केन्द्रलाई सहयोग

मुख्यमन्त्रीदेखि सांसदसम्मको तलब बढ्यो

पशुपति आश्रममा महायज्ञ

मानवअधिकार उल्लंघनका घटनामा वृद्धि