लागू औषधबारे अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७६
Ausadhi

लमजुङ, २ भदौ । लमजुङमा प्रहरीद्वारा लागू औषधको दुरुत्साहनका लागि औषधि व्यवसायीहरू बीच अन्तरक्रिया गरिएको छ । समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत औषधि व्यवसायीसँग अन्र्तक्रिया गरको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङले सदरमुकाम वँेसीशहरको बजार क्षेत्रका सञ्चालित औषधि व्यवसायीहरूको समस्या बुझ्न तथा लागु औषध बिक्री वितरण दुरुत्साहनका लागि अन्तरक्रिया गरेको प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए । उनले प्रहरी कार्यालयले सञ्चालन गर्दै आएका गतिविधिबारे जानकारी दिदै औषधि व्यवसायीका समस्याबारे जानकारी लिएका थिए । उनले समाजिक विकृति विसंगति विरुद्धको अभियानमा प्रत्येक नागरिकको भूमिका अपिहार्य हुने भन्दै औषधि व्यवसायीलाई यस अभियानमा हातेमालो गर्न आग्रह गरे ।

समाजमा लागु औषध दुव्र्यसनीको संख्या बढिरहको अवस्थामा लागु औषध बिक्री वितरण दुरुत्साहनका लागि औषधि व्यवसायीले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको औषधि व्यवसायी संघ लमजुङका महासचिव ईश्वर जोशीले बताए । उनका अनुसार कार्यक्रममा २५ जना औषधि व्यवसायीको सहभागिता थियो ।
यसैबीच, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नै जिल्ला प्रहरी कार्यलय लमजुङले वेँसीशहर नगरपालिका– ११ वस्नेत गाउँमा लैंगिक हिंसा तथा लागु औषध सम्वन्धी अभिमूखीकरण कार्यक्रम गरेको छ । स्थानीयहरुको सहभागिता रहेको उक्त कार्यक्रममा लागु औषध, सामाजिक अपराध, घरेलु हिंसा, चेलिबेटी बेचबिखन, लगायतका विषयमा प्रहरी प्रमुख रवीन्द्रमान गुरुङले जानकारीसँगै समस्या समाधानवारे अभिमूखीकरण गराएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width