अमेरिकामा नेपालीले किने २० करोडमा सामुदायिक भवन

एजेन्सी
श्रावण २६, २०७६
DSC_0871

बोष्टन, २६ साउन । अमेरिकाको बोष्टनमा पशुपतिनाथ र बुद्धको स्तुपा सहित नेपाली कम्युनिटि सेन्टर निर्माणका लागि भवन खरिद गरिएको छ ।

१७ लाख ५० हजार डलर अर्थात नेपाली १९ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको हो । अगष्ट ७, २०१९ मा उक्त भवन खरिद गरिएको जानकारी अमेरिकाबाट यम पौडेलले जानकारी दिए ।

नेपालीले गर्व गर्न लायक ठोस काम यसपटक बोष्टनका नेपालीले गर्न सफल भएका छन् । बोष्टनमा नेपाली कम्युनिटि सेन्टर संचालन गर्ने नेपालीको वषौदेखिको चाहना पुरा भएको छ । यसको लागी २०१२ मा पशुपतिनाथ–बुद्ध फाउण्डेशन न्यु ईङ्गलैण्ड (प्याब्फोन) गठन भएको थियो यस मार्फत हरेक वर्षका देउसी–भैली र अन्य सुखद अवसरमा दान संकलन गर्दै २०१७ मा अगष्ट ६–१३ सम्म श्रीमदभागवत ज्ञानमहायज्ञ सप्ताह लगाइएको थियो ।

सप्ताहको नगद तथा कबोल रकम समेत फाउण्डेशनले करिब १.८ मिलियन डलर संकलन गरेपछि उक्त भवन खरिद गरिएको हो । भवन खरिदसँगै बुधबार नै स्टेजमा स्वयम्भु र पशुपतिनाथको मन्दिर प्रतिस्थापन गरिएको छ । बोष्टनकको नेपालीबृतमा खुसीयाली रोकिएको छैन, आआफ्नो मेडिया साइट फेसबुक ट्विटर वेवसाईड जताततै बधाई र शुभकामना आदान प्रदान भइरहेका छन् ।

कानून व्यवसायी सहित नर्थफोक काउन्टी स्थित मालपोत कार्यालयबाट दुबै पक्षबीच हस्ताक्षर गरी नेपाली कम्युनिटि सेन्टरको लागी पशुपतिनाथ बुद्ध फाउण्डेशनको नाममा घर नामसारी गर्ने काम सकिएको छ ।

करिब ४.२४ रोपनि जग्गामा सन १९६३ मा बनेको १४,४०० स्क्वायर फुट स्पेसको ,अफिसियल पार्किङ ४७ र बरपर बाटोमा थुप्रै पार्किङ गर्न सकिने रहेको छ । कार्यक्रम हल स्टेज कुर्ची फर्निचर लगायत सम्पूर्ण सुविधा भएको उक्त भवनमा नेपालीलाई चाहिने पशुपतिनाथ मन्दिर र बुद्ध स्तुपाको लागि छुट्टाछुट्टै दुई ठुला कोठाहरु रहने बताइएको छ । त्यसबाहेक पनि २ ठुला कोठाहरु भाडामा दिन सकिने , बिल््डङको बाहिर पार्किङ साईडमा निकै ठुलो फलामको घण्टा राखिएको, पब्लिक रेल र बसको समेत सुबिधा भएको र ब्रेन्टी« स्टेशनबाट मात्र १० मिनेटको पैदल मार्ग दुरीको भवन किन्न जुन २८, २०१९ मा बिशेष साधारण सभाले म्याण्डेट दिएको थियो ।

भवन किनेको खुसीयालीमा बुधबार बेलुका भएको बिशेष जमघट तथा केक काट्ने कार्यक्रममा प्याब्फोनका अध्यक्ष बिष्णुमणि आचार्यले फाउण्डेशन स्थापना कालदेखि, बोष्टन सप्ताह हुँदै हालसम्मका डोनरहरुलाई बिशेष रुपमा सम्झेका थिए, सबैभन्दा बढि रकम दिएर साथ दिने समाजसेवी लक्ष्मी नारायण र झरना प्रधान ५१ हजार डलर, दोश्रोमा समाजसेवी शिव र अञ्जु श्रेष्ठ जोडी ४१ हजार डलर लगायत सबै डोनरहरुलाई सम्झदै ग्रेटर बोष्टन स्थित साथ दिने सबै नेपाली संघसंस्थालाई धन्यबाद दिइएको छ ।

खरिद गरिएको कम्युनिटि सेन्टरलाई हात्तिको संज्ञा दिदै हात्ति लाई पाल्न ठूलो खर्च दाना पानी चाहिन्छ, पुन ठुलो ह्रदयका साथ सहयोगमा जुटन सबै नेपालीलाई अपिल गरे । त्यस्तै प्याब्फोनका चियर पर्सन मिलन गुरुङले पनि फाउण्डेशको अभियानमा लागिपर्ने सबैलाई आभार व्यक्त गरेका छन् । प्याब्फोनका महासचिव ध्रुब घिमेरेले संचालन गरेको कार्यक्रममा जि बि एन सि का अध्यक्ष अर्जुन कँुवर, एन आर एन बोष्टन च्याप्टरका नव निर्वाचित अध्यक्ष प्रेम तामाङ, एन डब्लु जि एन कि अध्यक्ष शान्ति जोशी,प्याब्फोन नरउड मेट्रो बेष्ट सब कमिटीका अध्यक्ष सुरेश ढकाल, जिबिएनसि का पुर्व अध्यक्ष बिनोद ओली, प्याब्फोनका सि. भाइस प्रेसिडेन्ट राम थापा, महासचिव भुवन गुरुङ, पुर्व महासचिव महेश्वर पन्त,सचिव यम पौडेल, आर्थिक बिभाग प्रमुख सुशील पौडेल, सल्लाहकारहरु क्रमश प्रल्हाद केसी, डा.उषा शर्मा, रुक्मणि कार्की, बिजय शर्मा, काजी शेर्पा, लोक लामा, रञ्जन बुढाथोकी, मीन केसी समेतले खुशी प्रकट गर्दै आफ्ना भनाई राखेका थिए ।

स्मरणीय रहोसः ग्रेटर बोष्टनमा नेपालीहरुको चाप बढ्दो छ करिव २५ हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ यसैले एक नेपाली सास्कृतिक केन्द्र खोली सामाजिक गतिबिधि संचालन गर्न, नेपाली जनजातिका जन्म देखि मृत्यु संस्कार सम्मका क्रिया कर्म गर्दै, नेपाली भाषा साहित्य, कला , संस्कृतिमा रमाउन र नेपाली पहिचानमा देखा पर्न नेपाली कम्युनिटि सेन्टरको आबश्यकता थियो ।

बोष्टनमा सामाजिक क्षेत्रका सम्पुर्ण नेपालीको प्रतिनिधित्व हुने गरी प्याब्फोनको गठन भएको थियो यसका पदाधिकारीले हरेक वर्ष चन्दा रकम ऊठाउदै पारदर्शी र इमान्दारता साथ काम गरे सन् २०१७ मा नेपालबाट भागवत वाचक दिनबन्धु पोखरेल लगेर भागवत सप्ताह सम्पन्न गरी रकम उठायएको थियो ।
यम पौडेल

Related News

सम्बन्धित समाचार

hero news full width