दुई सरकारी गाडीमा आगजनी

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
gadi dang

बुटवल २६ साउन । अज्ञात समूहले कपिलवस्तु र दाङमा गएराती सरकारी गाडीमा आगजनी गरेको छ ।

दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको हो । आगलागीबाट रा १ झ १५२ नम्वरको बोलेरो गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ ।
कपिलवस्तु जिल्लाका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले गाउँपालिकाको मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखिएको उक्त गाडी आगजनी भएको बताए । आगजनी गर्ने समूह वा व्यक्तिको पहिचान खुल्न सकेको छैन ।

शनिवार राती १२.५५ बजे गाउँपालिका अध्यक्षको गाडीमा आगजनी गरिएको सूचना प्राप्त भएपछि स्थानीय र प्रहरीले आगो निभाउन थिए । रोल्पा जिल्लासँग सीमाना जोडिएको बंगलाचुली दाङको विकट पहाडी क्षेत्र हो । बंगलाचुलीका अध्यक्ष वली पूर्व माओवादीबाट निर्वाचित व्यक्ति हुन । प्रहरीले विप्लव नेतृत्वको नेकपाले उक्त आगजनी गरेको हुनसक्ने पूर्वानुमान गरेको छ ।

त्यस्तै कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन्। गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले शनिवार राती आगजनी गरेका हुन्। सदरमुकाम तौलिहवामा रहेको भाडाको घर अगाडि पार्किङमा राखिएको गाडीमा १०.५० बजेतिर आगजनी भएको हो। आगजनी किन र कसले गरेको भन्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताए। आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ । राति नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width