बालविवाह रोक्न सडक नाटक

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७६
Sadak natak

लमजुङ, २४ साउन । आमा–बाबुमा चेतनाको कमी र परम्परागत रूढीग्रस्त संस्कारका कारण छोरीको बालविवाह,अनमेल समेत, गरी दिदाँ छोरीको जीवन के कसरी बर्वाद हुँदोरहेछ भन्ने सचेतना मूलक सन्देश दिन लमजुङमासडक नाटक प्रदर्शन गरिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ८ रामदी चोक स्थित डुम्रे– बेसीशहर सडक खण्डमा उक्त सन्देश मूलक सडक नाटक प्रदर्शन गरिएको हो ।

बाबुआमाले गरीदिएको बालविवाहका कारणले १३ वर्षको कलिलै उमेरमा गर्भवती हुन पुगेकी बेल नाटककी पात्र को सात महिनाको गर्भ रहेकै अवस्थामा गर्भको शिशु मर्छ र त्यसको असरले आमाको समेत मृत्यु हुन्छ । यसै घट्नालाई सडक नाटकमा सहभागी कलाकारले जीवन्त प्रस्तुती गरेका थिए ।

बेलीको कलम समाउने उमेरको हातमा हसियाँ, कोदालो थमाइएयो, दुई चुल्ठी कपाल बाटेर त्यस माथि रीवन बाधेर साथीहरूसँग रमाउँदै स्कूल जान पाउने अधिकारलाई डोको र नाम्लोले सुर्काने गाँठो लगाई दिएको, आमाले बनाएको चिया पिउँदै गृहकार्य गर्ने पाउने उनको बिहान विवाहपछि गोबर फाल्ने भकारो अनि ढिकी र जाँतोमा उज्यालो हुने गरेको देखाइएको थियो ।

प्रजनन अङ्गहरूको राम्रोसँग विकास नहुनुका साथै मानसिक र संवेगात्मक पक्षको समेत हुनु पर्ने जति विकास नहँुदा गर्भवती भएको ७ महिनामै बेथा लागेर अस्पताल पुगेकी बेली र पेटमा भएको बच्चा दुवैको मृत्यु भएको सडक नाटकमा प्रदर्शन गरिएको थियो । सानै उमेरमा बिवाह गरी दिएकै कारण आफ्नो छोरीको मृत्यु भएकोमा बेलीका बुबा र आमा निकै पछुताएको देखाइएको थियो । सानै उमेरमा भएको बिवाहले उनलाई परिवार नियोजनका अस्थायी साधन प्रयोग बारेमा समेत राम्रो ज्ञान नभएको तथा विरामी भएपछि अस्पताल लग्नु पर्छ भन्ने सन्देश पनि नाटकमार्फत दिइएको थियो ।

बेलीका बुबा आमा जसरी कुनै पनि छोरीको बुबा र आमालाई पश्चतापको आँसु बगाउन नपरोस भनेर आफूहरूले सडक नाटक प्रदर्शन गरेको देउराली स्काई क्लबका प्रमुख बिनिता थापाले बताए । उनले भने, ‘शिक्षामा रूपान्तरण उद्यमशीलता र नवप्रबद्र्धन’ भन्ने नाराका साथ गाउँघरमा बालविवाहका विरुद्ध सचेतना जागृत गर्नका लागि नाटक तयार गरिएको हो ।’ उक्त सडक नाटक कोपाडेस लमजुङको युवा विकास परियोजनाको समन्वय, वल्र्ड भिजन ईन्टरनेश्न्ल नेपालको आर्थिक सहयोगमा देउराली स्काई क्लबको आयोजना गरिएको कोपाडेसका परियोजना संयोजक विष्णु चिलुवालले बताए । उक्त सडक नाटक हेर्न स्थानीय बुद्धिजीवीदेखि सर्वसाधारणको भिड लागेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width