स्वास्थ्य निर्देशनालयलाई माइक्रोस्कोप प्रदान

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७६
microskop news photo

पोखरा, २१ साउन । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखरालाई ७ वटा माइक्रोस्कोप प्रदान गरिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु, काठमाण्डौंका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले गण्डकी प्रदेश निर्देशक खिमबहादुर खड्कालाई माइक्रोस्कोप प्रदान गरेका हुन् ।

पोखराका निजी अस्पतालको ल्याबमा कार्यरत कर्मचारीलाई मलेरिया (औलो) माईक्रोस्कोपिक तालिम समापनको अवसरमा उक्त माइक्रोस्कोप प्रदान गरिएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिमबहादुर खड्काले नेपाललाई सन् २०२५ सम्ममा औलो मुक्त राष्ट्र बनाउने नेपाल सरकारको लक्ष्य सफल पार्न मलेरिया माईक्रोस्कोपिक तालिम दिइएको बताए । सो अवसरमा सेभ द चिल्डे«नका माइक्रोवायोलोजिष्ट डा. विजय वज्राचार्य, मेलान गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद पोख्रेल, दरबारथोक एड्भरटाईजिङका कृष्ण रानाभाट, सहभागीका तर्फबाट ऋषिराम सुबेदी, बिष्णुमाया राना लगाएतले वोलेका थिए ।

६ दिनसम्म संचालित तालिममा कास्की, तनहुँ, स्याङ्जा, लमजुङ, गोर्खामा रहेका निजी अस्पताल तथा क्लिनिकमा कार्यरत प्रयोगशालामा कार्यरत ७५ जना कर्मचारी सहभागी थिए । तालिम स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु, काठमाण्डौको आयोजना, युएसएड अन्र्तगत जपाइकाको कर्पोरेशनको प्राविधिक तथा आर्थिक सहयोग र मेडिकल ल्याब्रोटोरी एशोसियसन अफ नेपाल (मेलान) को समन्वयमा संचालन भएको थियो ।

स्वास्थ्य कार्यलय कास्कीका प्रमुख जनस्वास्थ्य प्रशासक राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका मेडिकल ल्याव्रोटरी अफिसर तथा मेलानका केन्द्रीय सचिवालय सदस्य रवीन्द्र शर्मा वस्ताकोटीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै