जिप र्दुघटना १ को मृत्यु, २ घाइते

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७६
1-died-2-injured-when-car-and-scooter-co-95037

लमजुङ, २० साउन । लमजुङमा जिप र्दुघटना हुँदा जिपमा सवार एकजनाको मृत्यु र दुई जना घाइते भएका छन् । लमजुङको उदीपुर– ताजे सडक खण्डको दोर्दी गाउँपालिका– ६, लामडाँडामा बलेरो जिप र्दुघटना हुँदा जिपमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोर्दी गाउँपालिका– ६ को कीर्तिपुरबाट ताँजे जाँदै गरेको बा १९ च १०३८ नम्बरको बलेरो जिप दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । त्यही जिपले किचेर लमजुङको सुन्दरबजार नगरपालिका– ९ पैरे निवासी ३८ बर्षीय रेशबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए । उनका अनुसार दुईजना घाइते भएकोमा उनीहरूलाई उपचारका लागि चितवन र काठमाडौं लगिएको छ । करीब २ सय ५० मिटर खसेको जिप भीरमा अड्किएको अवस्थामा फेला गरेको प्रनाउ गुरुङले बताए ।

भीरमा अड्किएर रहेको जिपले च्यापिएर मृत्यु भएका गुरुङको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम पठाएको दोर्र्दीिस्थत प्रहरी चौकी श्रीमञ्ज्याङका प्रहरी सहायक निरीक्षक बोलकुमार श्रेष्ठले बताए । उनका अनुसार घाइते जिप चालक बारा जैसापुरका ३० वर्षीय दावा गोले तामाङलाई उपचारको लागि चितवन मेलिकल कलेज भरतपुर पठाइएको छ ।

अर्का घाइते दोर्दी गाउँपालिका– ६ सिमीका ३१ बर्षीय बिजय गुरुङलाई उपचारका लागि काठमाडौं पठाइएको छ । राती भएको दुर्घटनापछि बेपत्ता भएका उनलाई खोजी गरी फेला पारेपछि उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेको जिप निर्माणाधीन ५४ मेगाको सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ को निर्माण कम्पनी बज्रगुरु कन्ट्रक्सन प्रालिको रहेको खुल्न आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width