पुरुञ्चौरमा कामना सेवा बैंक

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
Kamana_Fotor

कामना सेवा विकास बैंक लिमिटेडले पोखरा १९ स्थित पुरुञ्चौरको चितेपानीमा आफ्नो ९७ औं शाखाको विस्तार गरी वित्तीय कारोबार शुरु गरेको छ।

उक्त शाखाको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरे। सो अवसरमा मन्त्री लम्सालले अर्थतन्त्रलाई क्रियाशील बनाउन बैंकिङ क्षेत्रको अहम् भूमिका हुने बताउँदै स्थानीयस्तरमा उपलव्ध साधन र श्रोत परिचालन गरी कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई प्रोत्साहित गर्न अनुरोध गरे। बैंकका स.महाप्रबन्धक एवं गण्डकी प्रदेश प्रमुख टुवराज बास्तोलाले बैंकको समग्र वित्तीय अवस्था र पछिल्ला आर्थिक गतिविधिबारे जानकारी दिएका थिए।

कार्यक्रममा राष्ट्रिय उद्योगपति एवं बैंकका संस्थापक गणेशबहादुर श्रेष्ठले पहिले पहिले ऋण माग आवश्यकता परी ऋण स्वीकृत गराउन राजधानी धाउनुपर्ने अवस्था र बाध्यताको चर्चा गर्दै अहिले अवस्था फरक भएको बताए।

बैंक संचालक देवकृष्ण काफ्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा बैंक संचालक चतुराखर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै उक्त बैंकबाट भरपूर फाइदा लिन स्थानीयलाई आग्रह गरे। पुरुञ्चौर शाखा प्रबन्धक कृष्ण सिग्देलले कार्यक्रम संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…
  • भरतपुरमा सुजुकी मोटर्सको शोरुम

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर…
  • पोखरा आइडिया मार्ट सुरु, १९ समूह छनोट

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा पोखरा आइडिया मार्ट तथा बुट क्याम्प…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…

hero news full width