शुक्लागण्डकीमा उद्योगी व्यवसायीको भेला

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
sukla gandaki_Fotor

शुक्लागण्डकी उद्योग वाणिज्य संघको आयोजनामा उद्योगी व्यवसायीहरुको बृहत् भेला सम्पन्न भएको छ।

उद्योगी व्यवसायीलाई शुक्लागण्डकी उद्योग वाणिज्य संघको गठन सम्बन्ध, व्यावसायिक गतिविधि तथा समसामयिक विषयको बारेमा जानकारी गराउने उद्देश्यले सो भेला बसेको हो। कार्यक्रममा प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका उपमेयर सविता रसाईलीले शुक्लागण्डकी उद्योग वाणिज्य संघको प्रशंसा गर्दै संस्था दर्ता भन्दा दिगो र राम्रो राख्नु प्रमुख रहेको बताइन्। उनले शुक्लागण्डकीका सबै व्यवसायीहरुलाई एकजुट हुनुपर्ने जनाइन्। यस्तै, कागले कान लग्यो भन्दैमा कान छाम्न छाडी कागको पछि नलाग्न सुझाव दिइन्।

कार्यक्रममा शुक्लागण्डकी ५ का वडा अध्यक्ष दीर्घबहादुर थापा, शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमाल, नेकपा जिल्ला सदस्य वीरेन्द्रकुमार श्रेष्ठ, भीमाद नगर उद्योग वाणिज्य संघका अध्यक्ष हस्तबहादुर खड्का, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, समाजसेवी रामकुमारी भुषाल, व्यवसायी तथा समाजसेवी खिमानन्द गिरी, शुक्लागण्डकी उद्योग वाणिज्य संघ उपाध्यक्ष पर्ण कुमार श्रेष्ठ र सुजित हिराचन लगायतले बोलेका थिए। संघका अध्यक्ष हरि कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष बिमलप्रसाद रिमाल र सञ्चालन महासचिव नारायणकुमार श्रेष्ठले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…
  • भरतपुरमा सुजुकी मोटर्सको शोरुम

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर…
  • पोखरा आइडिया मार्ट सुरु, १९ समूह छनोट

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा पोखरा आइडिया मार्ट तथा बुट क्याम्प…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…

hero news full width