सफल व्यावसायी बन्दै भट्टराई

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७६
L. kUKHURA

लमजुङ,५ साउन । लमजुङको सुन्दरबजार नगरपालिका– ७, शान्ति मार्गका प्रेमबहादुर भट्टराई सफल व्यावसायीमा गणना हुन थालेका छन् । स्थानीय जातको कुखुरा पालन गरेर उनी सफल व्यावसायी बनेका हुन् ।

किसान एकीकृत कृषि, पशु तथा पक्षी फर्म दर्ता गरी उनले २०७५ साल फागुनबाट व्यावसायिक कृषि कार्यलाई अघि बढाएका भट्टराईले बताए । उनले भने, ‘शुरुमा आठ लाखको लगानीमा २ हजार कुखुरा पाल्न सक्ने क्षमताको एउटा व्यवस्थित कुखुरा खोर र एउटा टनेल बनाएर यो व्यवसाय थालेको हुँ ।’

गैरसरकारी संस्था महासंघको अध्यक्ष हुनुका साथै जिल्लाको प्रसिद्ध गैसस आरसीडीसी लमजुङको कार्यकारी निर्देशक समेत रहेका उनी फर्सद मिल्नासाथ उहाँ आफ्नो कृषि कर्ममा जुट्छन् । लमजुङको सुन्दरबजार नगरपालिका– ६, खत्रीठाँटीको ग्याग्दीखोला सिसौघारीमा उनको फार्म छ । चार रोपनी जग्गामा फैलिएको यस कृषि फार्ममा अहिले लोकल कुखुराका साथै लौकाट, टर्की, कडकनाथ र बट्टाई चरा पालिएको उनले जानकारी दिए ।

विगतमा विभिन्न संघसंस्थामा आवद्ध रहँदा कृषि क्षेत्रमा लामै समय काम गरेको अनुभव छ उनीसँग । टिनएज पार नगर्दैदेखि कृषि व्यवसाय शुरु गर्ने धोको रहेको उनको भनाई छ । त्यसलाई अहिले आएर मूर्तरुप दिन सकेको उनले बताए । उनले भने, ‘विगतमा विभिन्न संघसंस्थामा रही कृषि क्षेत्रमा काम गरियो । कृषि मेरो रुचिको क्षेत्र पनि हो, त्यसैले व्यावसायिक कृषि कर्मलाई अघि बढाएको छु ।’

कृषि कर्ममै रम्न पाउँदा खुसी मिल्छ उनले भने । आफूँले शुरुदेखि नै लोकल कुखुरापालनमा जोड दिएको उनी वताउछन् । स्थानीय जातको कुखुरा ब्रोइलरको तुलनामा धेरै स्वास्थ्यवद्र्धक हुने भएको हुँदा पनि यसको लोकल कुखुरापालनमा जोड दिएको उनले उल्लेख गरे ।

पहिलो पटक दुई सय लोकल कुखुराबाट शुरु गरेको व्यावसाय बिस्तारै संख्या बढाउँदै अहिले नौ सयसम्म पु¥याउन सकेको उनले जानकारी दिए । पूर्वाधार निर्माणका र अन्य खर्च गरी झण्डै १५ लाख पुगेको र व्यवसायमा अहिले कुल लगानी २० लाखभन्दा बढी भइसकेको भट्टराईले बताए ।

उनले पालेका कुखुरापालनले गत महिनादेखि उत्पादन दिन थालेका छन् । फर्मसँगै तीन वटा टनेल बनाएर गोलभेँडा उत्पादन हुन थालेको छ । ‘सिर्जना’ जातको गोलभेडालाई ‘प्रतिकेजी १ सय २० रुपैयाँ विक्री हुने गरेको छ ।’ उनले भने, ‘गोलभेँडा स्थानीय बजारमै खपत हुँदै आएको छ ।’

हालसम्ममा फर्मबाट ६ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको र गएको एक महिनाको अवधिमा सबै खर्च कटाएर २ लाख रुपैयाँ बचत भएको उनी बताउनुछन् ।
फुर्सदको समयलाई मात्र कृषि कर्ममा खर्चने सके पनि मनग्य कमाउन सकिने उनले बताए । कृषि कर्मलाई थप व्यवस्थित र विस्तार गर्दै लैजाने योजना सुनाउँदै आफ्नो फर्ममा २ जनाले रोजगारी पाएको समेत उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…
  • भरतपुरमा सुजुकी मोटर्सको शोरुम

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर…
  • पोखरा आइडिया मार्ट सुरु, १९ समूह छनोट

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा पोखरा आइडिया मार्ट तथा बुट क्याम्प…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…

hero news full width