केरा औषधिको रुपमा लिन सकिन्छ

एजेन्सी
श्रावण ४, २०७६
BBNfo3k

पोखरा, ४ साउन । केरामा पोषण तत्व पाइन्छ । केराको सेवन गर्नाले शरीरमा धेरै फाइदा गर्छ । केराको फाइदाका बारेमा तपाईले धेरै सुनेको पढेको हुनुहुन्छ होला । आयुर्वेदमा केराको सेवनलाई ऊर्जावर्धक र बलवर्धकको रूपमा लिने गरिएको छ ।

यदि तपाई केरा खानुहुन्न भने पनि यसको सेवन गर्न सुरु गर्नुहोस्, हामी तपाईलाई केरा कसरी खाने भनेर बताउन गैरहेका छौ । यो तरीका अरुभन्दा फरक छ । शायद तपाइले यस्तो कहिल्यैपनि गर्नु भएको छैन ।

बेलुका सुत्नुभन्दा पहिला केरा उमालेर खानाले तपाईले केही दिनमै यसको प्रभाव देख्न थाल्नु हुनेछ । केही मान्छेहरु तौल बढाउन पनि केराको प्रयोग गर्छन् । अब हामी तपाईलाई केराको औषधीय प्रयोगको बारेमा बताउदैछौ। यो प्रयोग धेरै सजिलो र लाभदायक रहने छ । यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने केराको सेवनले तपाईको लागि फाइदाजनक साबित हुनेछ ।

केरामा पाइने क्याल्सियमले तपाईको शरीरमा बल दिनुका साथै हड्डीहरुलाई पनि बलियो बनाउँछ । त्यसैले आयुर्वेदमा पनि यसलाई हड्डीहरुलाई बलियो बनाउने एक फल मानिन्छ ।
यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने सुत्नुअघि एक कप केराको चिया बनाएर पिउनुहोस् । निरन्तर एक हप्तासम्म यसो गर्नाले तपाईले रातमा राम्रो निन्द्रा पाउनुहुनेछ । साथै बिहान उठ्दा पहिलेभन्दा बढी आराम महसुस गर्नु हुनेछ ।

बनाउने विधि

यदि तपाईलाई निन्द्रा नलाग्ने समस्या छ भने एउटा पाकेको केराका साथै एउटा सानो दालचिनीको टुक्रा लिनुहोस् र एक कप पानी लिनुहोस् यसपछि, पानीमा दालचीनी राख्नुहोस् र यसलाई उम्लिन दिनुहोस् । पुरै उम्लिसकेपछि केरालाई बोक्रा सहित सानो(सानो टुक्रामा काट्नुहोस् र उम्लिरहेको पानीमा हाल्नुहोस् ।

दश मिनेटसम्म सानो आगोमा पकाएपछि छानेर पानीलाई चिया जस्तै गरी पिउनुहोस् । यसो गर्नाले तपाईको ननिदाउने समस्यामा राहत पुग्नेछ । तपाईको निन्द्रा राती पनि खुल्छ भने यो तपाईको लागि फाईदाजनक हुनेछ । सायद तपाईलाई थाहा छैन कि यसको बोक्रापनि धेरै गुणकारी हुन्छन् । केराको बोक्रामा पोटासियम र म्याग्नेसियम पाइन्छ। यी दुवै नर्वस सिस्टमलाई आराम गरेर निन्द्रा लाग्न मद्दत गर्छ।

काँचो केरा खादा हुने फाइदाहरु

काँचो केरा खादा आइरनको पदपूर्ति मात्र गर्दैन यसले धरै रोगहरुबाट समेत बचाउछ । काँचो केरालाई तरकारीको रुपमा प्रयोग गर्ने सकिन्छ । काँचो केराको उपयोग कमै हुने गर्छ किनभने यो पाकेको केरा जतिको मिठो हुँदैन। तर काँचो केरा स्वास्थ्यको लागी निकै फाइदाजनक छ । यसले स्वास्थ्यमा देखापर्ने विभिन्न समस्याहरुलाई निको पार्न मद्धत गर्छ ।

तौल घटाउँछ

नियमती रुपमा काँचो केरा खाने हो भने मानिसको पाचनतन्त्र बलीयो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन । बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहेन । यसले गर्दा हाम्रो शरीरको तौल घट्न मद्धत पुग्छ ।

कब्जियतको समस्याबाट मुक्त

यदि तपाईलाई कब्जियतको समस्याले सताएको छ भने हरेक दिन काँचो केरा खाने गर्नुहोस । यसले तपाईलाई खाना पचाउन मद्धत गर्छ । जसले गर्दा तपाइको कब्जियतको समस्या हराएर जान्छ । यसमा पाइने फाइबरले पेट सफा गर्न मद्धत गर्छ ।

मधुमेहलाई फाइदा

मधुमेहका विरामीका लागि काँचो केरा अति उत्तम । काँचो केरामा भएको टरर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ । धेरैजसो मधुमेहका विरामीलाई अति गुलिया फलफुल खानबाट वञ्चित गरिन्छ । काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधि नै हो । यही कारण उनीहरु काचो केराको तरकारी पेटभरी खानसक्छन् । ।

Related News

सम्बन्धित समाचार

hero news full width