कान्दहार, ४ साउन । अफगानी सुरक्षा फौजको कारबाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ । सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरु १७ जना लडाकू घाइते भएका छन् ।
सेनाका प्रवक्ता सेलाबले एक विज्ञप्ति प्रकाशन गरी गोप्य सूचनाका आधारमा सेनाले कारबाही प्रहार गरेको बताए । तर वक्तव्यमा उक्त क्षेप्यास्त्र अफगान सेनाले गरेको हो वा नेटो आबद्ध सेनाले गरेको हो भन्ने केही खुलाइएको छैन ।
आक्रमणबाट हातहतियार र विस्फोटक पदार्थ पनि नष्ट भएको छ । मुलुकका ३४ मध्ये २० वटा प्रान्तमा गत अप्रिलदेखि भिषण आक्रमण–प्रत्याक्रमण जारी छ । अफगान युद्धको शान्तिपूर्ण समाधान खोज्न कतारमा संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच वार्ता जारी रहे पनि अफगानिस्तानभित्र युद्ध भने निरन्तर चलिरहेको छ ।
ओपनर कुशल भुर्तेलको अविजित अर्धशतकसँगै पोखरा प्रिमियर लिगमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा काठमाण्डौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजीत गर्दै प्रतियोगितामा पोखराले सुखद सुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोड्यो । जवाफमा पोखराले १ विकेट…
तपाइको विचार व्यक्त गर्नुहोस्