मेलिना राईको नयाँ गीत ‘भेट किन भयो ?’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७६
Bhet Kina Bhayo

पोखरा । संगीतकार सुनिल राईको संगीत रहेको नयाँ गीत ‘भेट किन भयो ?’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राईले स्वर भरेकी छन् । सार्वजनिक गीतको शब्द रचना रोवार्ड सिप्तुङ्ख राईले गरेका हुन् ।

राजु कार्कीले एरेञ्ज गरेको गीतमा निकेश खड्काले भिडियो निर्देशन गरेका हुन् । लक्ष्मी बर्देवा र निराजन प्रधानलाई फिचर्ड गरिएको गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । विकास धमालाले म्युजिक भिडियोको सम्पादन गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width