हेमजामा गाँजा नष्ट

आदर्श समाज सम्वाददाता
असार २९, २०७६
hemja gaga photo (3)

हेमजा, २९ असार।हेमजामा आइतवार हरियो गाँजा नष्ट गरिएको छ ।सामुदायिक सेवा केन्द्र हेमजाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत लागुऔषध न्यूनीकरण गर्ने उद्देश्यले गाँजा फडानी गरी नष्ट गरेको हो।

हेमजाको ढडालीथर, चाक्लेकुला, हनुमानचोकको राजमार्ग आसपासको क्षेत्रमा रहेको करिव चार क्युइन्टल गाँजा नष्ट गरिएको सेवा केन्द्रकी अध्यक्ष विष्णु बास्तोलाले जानकारी दिइन्।

त्यस क्षेत्रबाट संकलित गाँजा वडा कार्यालय अगाडि आगो लगाई नष्ट गरिएको थियो । कार्यक्रममा वडा कार्यालय, हेमजा युनाईटेड, रोट्रर्याक क्लव अफ हेमजा, दलित संजाल, आमा समूह लगायतले सघाएका थिए ।

हेमजाका अन्य क्षेत्रमा पनि कार्यक्रम संचालन गरिने जनाइएको छ ।जसबाट शान्तिपूर्ण एवम् सुरक्षित समाज निर्माण गर्न सहयोग पुग्ने अपेक्षा रहेको सामुदायिक सेवा केन्द्रका इन्चार्ज प्रहरी हवल्दार जयबहादुर कुँवरले बताए ।त्यस्तै सेवा केन्द्रले यहि साउन २ गते लागुऔषधबारे युवालाई प्रशिक्षण दिने पनि जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…
  • सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज…

hero news full width