पोखरा, २४ असार । सूर्योदय हेर्नकै लागि अधिकाशं पर्यटक सराङ्कोट पुग्ने गर्थे तर सडक सागुरो र पर्यटकको चाप वढेपछि विकल्पमा पर्यटकले काँहुडाँडा रोज्न थालेका छन् ।
पछिल्लो समय सूर्योदय हेर्नकै लागि विहान काहुँडाँडामा स्वदेशी तथा विदेशी पर्यटकको भिड लाग्ने गरेको छ । अन्तर्राष्ट्रिय पर्यटन वर्ष २०१८ विविध कार्यक्रम सहित यहाँका पर्यटन व्यवसायी र स्थानीयले गत असोज महिनामा काहुूँडाँडामा पर्यटन बर्ष मनाए ।
त्यसैको स्वरुप काँहूमा सूर्योदय हेर्नकै लागि पर्यटकको चाप वढ्न थाल्यो, यतिवेला दैनिक सयौ पर्यटक विहानी झिसमिसेमा त्यहाँ पुग्ने गर्छन ।विहान मर्निङवाक गर्दै काँहुडाँडा पुग्ने स्थानीयको पनि भिड नै हुने गरेको छ ।
पर्यटकीय गन्तब्यको रुपमा विकशीत हुन थालेको काँहुडाँडामा छिट्टै नेपालकै भगवान गौतम बुद्धको विशाल मूर्ति र यशोधरा पार्क समेत निर्माण हुने भएको छ । मूर्ति स्थापना गर्नकै लागि १६९ रोपनी सामुदायिक वन र स्थानीयहरुको जग्गा धर्मकाया बुद्ध मण्डलाले खरिद समेत गरिसकिएको छ । मूर्ति निर्माण कार्यमा भने केही ढिलाई हुन गएको छ ।
गत मंसिर महिनामा तेस्रो काँहुधरहरा महोत्सव सम्पन्न भएको छ । पर्यटकीय गन्न्तव्य त वन्यो तर यहाँका सुविधा सम्पन्न होटल, रेष्टुरेण्ट नहुँदा पर्यटकको गन्तव्य काँहुडाँडा भएपनि पुनः गन्तव्य परिवर्तन गरी पोखराको लेकसाइड फर्कन बाध्य छन् ।
अत्यन्त क्षणिक समय मात्र त्यहाँ बिताउने गरेका र पर्यटकहरुको चाहाना बमोजिम सुविधा प्रदान गर्न नसकिएको तितो यथार्थ वडा सदस्य मिनबहादुर गुरुङ व्यक्त गरे । पोखराको मुख्य बजार महेन्द्रपुलबाट साढे सात किलो मिटर कालोपत्रे सडक यातायातको सुविधा पर्याप्त भएपनि खान र बस्नको असुविधाका कारण पर्यटकहरुको बसाई लम्याउन नसकिएको पूर्व गा.वि.स. अध्यक्ष चित्रप्रसाद लामिछानेले बताए ।
वि.सं.२०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा आफ्नो गाउँ आफै बनाउ भन्ने योजनाबाट सडक निर्माणपछि विभिन्न व्यवसायी तथा व्यक्तिहरु सुविधा सम्पन्न होटलहरुको प्रस्ताव राखि स्थानीय वासीलाई रोजगार र सुविधा दिन्छौं भन्दै सस्तो रकममा जग्गा खरिद गरेतापनि पूर्वाधार नै निर्माण नगरी वर्षौ त्यो जग्गा वढिमुल्यमा विक्री गरियो ।
तत्कालिन समाजिक अभियन्ता स्व.मेजर वीरसिंह गुरुङले अमरसिंह माध्यमिक विद्यालय र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निर्माणका लागि काहूँमा नै प्रस्ताव गर्दा तत्कालिन स्थानीय केही व्यक्तिहरुको विरोधका कारण त्यस स्थानबाट स्थानान्तरण गरियो । त्यसैगरी लुम्लेको काँडेमा रहेको कृषि अनुसन्धान केन्द्र पनि काहूँमा नै प्रस्ताव गरिएको थियो । वुद् मूतिर् पनि अन्तै सार्ने हुन की भन्ने आशंका अहिले स्थानीयले गरिरहेका छन् ।
पर्यटन प्रवद्र्धन भन्दै स्थानीयहरुलाई सुविधा दिन्छौ भनी जग्गा खरिद गर्ने तर २/४ वर्ष पछि जग्गा बिक्री गरी कमिशनका लागि मात्रै योजना पेश गर्ने क्रमलाई तुरुन्त बन्द गर्नुपर्ने वडा अध्यक्ष मोहन प्रसाद बास्तोला बताउँछन् ।
–दामोदर आचार्य
Related News
सम्बन्धित समाचार
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१