दुर्घटनामा बृद्धको मृत्यु

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
pic acc

बुटवल, २२ असार । सिद्धार्थनगर नगरपालिकाको बिद्युत कार्यालय अगाडी मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

बुटवलबाट भैरहवा जादै गरेको लु १४ प ८५३२ नम्वरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ७० वर्षीय दिनानाथ बेल्वासेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राति मोटरसाइकको ठक्करबाट गम्भिर घाइते भएका सिद्धार्थनगर नगरपालिका वडा नम्वर ८ निवासी बेल्वासेको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा आइतवार बिहान मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width