वालिङ नगरपालिकाको बजेट ६५ करोड

आदर्श समाज सम्वाददाता
असार १८, २०७६
press 1

वालिङ, १८ असार । वालिङ नगरपालिकाको छैटौं नगर सभाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि ६५ करोड ६७ लाख ५७ हजार बजेट बुधबार सार्वजनिक गरेको छ ।
वालिङ नगरपालिकाका उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक कल्पना तिवारीद्वारा पाँचौं नगर सभामा प्रस्तुत बजेट तथा कार्यक्रम पारित भएसँगै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

नगरपालिकाको आन्तरिक स्रोततर्फ ४ करोड ५० लाख, गतवर्षको मौज्दात अल्या १ करोड, स्रोत उपयोगबाट प्राप्त बाँडफाँडबाट ११ करोड २८ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण समानीकरण अनुदानबाट १५ करोड ७४ लाख, सशर्त अनुदान शिक्षा, स्वास्थ्यतर्फको ३० करोड ५६ लाख, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट १ करोड २८ लाख २७ हजार, प्रदेश सरकार सवारी साधन राजश्व बाँडफाँड अनुदान ७६ लाख ३० हजार सडक बोर्ड नेपालबाट ५५ लाख गरी कूल ६५ करोड ६७ लाख ५७ हजार रुपैयाँ छैटौं नगरसभाबाट पारित भएको नगर प्रवक्ता केदार काफ्लेले बताए ।

त्यस्तैगरी थप माग गरिएका आयोजना तथा कार्यक्रमहरु सञ्चालन प्रक्रिया अगाडि बढाउनका लागि नगर कार्यपालिकाको बोर्डलाई अधिकार प्रत्यायोजन गरिएका थप आयोजना तथा कार्यक्रमहरुमा संघीय सरकारको समपूरक अनुदान ६० प्रतिशत र ४० वालिङ नगरपालिकाको सहभागिता रहनेगरी ५ करोड, संघीय सरकारको विशेष अनुदान ५० प्रतिशत र नगरपालिकाको सहभागिता ५० प्रतिशत गरी ४ करोड, प्रदेश सरकारको विशेष अनुदान ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत गरी ३ करोड, युनडिपी आयोजना तथा कार्यक्रमहरु १ करोड, द एशिया फाउण्डेशनबाट १ करोड ८ लाख १ हजार २१ गरी कूल १४ करोड ८ लाख १ हजार २१ रहेको पत्रकार सम्मेलनमा प्रवक्ता काफ्लेले बताए ।
नगरसभासमक्ष नगर प्रमुख दिलीपप्रताप खाँणद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि दफावार छलफल एवं गत बिहीबार उपप्रमुख तिवारीद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम नगरसभाले मंगलबार स्वीकृत गरेको हो ।

नगरपालिकाको नीति कार्यक्रम तथा बजेटमा वालिङ नगरपालिकालाई स्मार्ट सिटी निर्माणको गतिलाई आत्मसात गरी छिटोभन्दा छिटो स्मार्ट सिटीमा अवतरण गर्ने सहजताका लागि ‘कृषि, उद्योग, ब्यापार, पर्यटन, सूचना प्रविधि र पूर्वाधार–स्मार्ट सिटी वालिङ निर्माणको छ आधार’ अभियानलाई अगाडि सारिएको नगर प्रवक्ता काफ्लेले बताए ।

पत्रकार सम्मेलनमा नगर प्रमुख दिलीपप्रताप खाँणले स्वास्थ्य, शिक्षा र पूर्वाधार लगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, कृषि सिञ्चाई, पर्यटन क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाई नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिने दिशातर्फ नगरको बजेट केन्द्रित रहने बताए ।

बजेटका उद्धेश्यहरु हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न संघीय सरकार, प्रदेशसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनैतिक दल संघ संस्थाहरुसँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिईने आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको नगर प्रमुख खाँणले बताए । वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…
  • भरतपुरमा सुजुकी मोटर्सको शोरुम

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर…
  • पोखरा आइडिया मार्ट सुरु, १९ समूह छनोट

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा पोखरा आइडिया मार्ट तथा बुट क्याम्प…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…

hero news full width