म्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता

आदर्श समाज सम्वाददाता
असार १८, २०७६
River-04062017081734-1000×0

गलेश्वर, १८ असार । पौडी खेल्ने क्रममा म्याग्दी खोलाले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् ।

मङ्गलबार बेलुका ४ः३० बजे म्याग्दी खोलामा पौडी खेल्दा बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का बालक डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता बालकको खोजीकार्य भइरहेको र अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न नसकेको जनाइएको छ । विद्यालयबाट फर्केर पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई बालक बेपत्ता भएका बेनपा–३ का वडा सदस्य गेमबहादुर घर्तीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width