कास्कीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

आदर्श समाज सम्वाददाता
असार १७, २०७६
pm 2

पोखरा १७ असार । पोखरा महानगरपालिका– २४ कास्कीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम मंगलवारदेखि शुरु भएको छ । श्रमका लागि काम भन्ने नारा सहित शुरु भएको सरकारको महत्वाकांक्षी कार्यक्रम शुरु गर्ने महानगरपालिकाको तेस्रो वडा बनेको छ ।

पोखरा महानगरको ५ लाख आर्थिक सहयोगमा कार्यक्रम शुरु भएको र वर्षमा एक सय दिन पनि रोजगार नपाउने वेरोजगारहरुको सरकारले चैत्र र वैशाखमा सूचि संकलन गरेको थियो । कास्कीकोटमा करिब ८२ जनाले रोजगार प्राप्त गरेका छन् ।कास्कीकोटको देउराली देखि सराङकोट सम्म करिब आठ किलो मीटर बाटोको नाला वनाउने र मर्मत गरिने छ ।

महानगरका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक माधव नेपाले व्यरोजगारको सख्या वढ्दो छ शैक्षिक वेरोजगार,वैदेशिक वेरोजगार रहेको वताउदै स्थानीय दररेटमा श्रमिकहरुले ज्याला प्राप्त गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि महानगरपालीकाका कार्यकारी प्रमुख शेषनारयण पौडेलले आफ्नो उत्पादन गर्न सक्ने मान्छे राष्ट्रवादी हुने वताउदै हामीहरुले आफ्नो सुनको थालमा भिख मागिरहेको भन्दै श्रममा जोडदिन आग्रह गरे ।

चालु आर्थिक वर्ष सकिन करिब दुई हप्ता बाँकी छ तर प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भइरहदा रोजगारमा सहभागीले भने कुनै तालिम र प्रशिक्षण बिनै कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा वडा अध्यक्ष ओम प्रसाद सुवेदी ,सन्तु सुवेदी ,अग्निधर त्रिपाठी,रुद्रप्रसाद वस्ताकोटी लगाएतले वोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…
  • भरतपुरमा सुजुकी मोटर्सको शोरुम

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर…
  • पोखरा आइडिया मार्ट सुरु, १९ समूह छनोट

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा पोखरा आइडिया मार्ट तथा बुट क्याम्प…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…

hero news full width