वैंक र अस्पतालबीच उपचारमा छुट सम्झौता

आदर्श समाज सम्वाददाता
असार १६, २०७६
IMG-07a8f9b5bd954b4c232b4e759a16e9d1-V

पोखरा, १६ असार । आफ्ना ग्राहकलाई उपचार खर्चमा विशेष छुट प्रदान गर्ने उदेश्यले गरिमा विकास बैंक लिमिटेड र चरक मेमोरियल अस्पताल पोखरा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र चरक मेमोरियल अस्पताल प्रा.लि.को तर्फबाट अस्पतालका अध्यक्ष डा. बद्री पौडेलले आइतवार सम्झौता पत्रमा हस्ताक्षरगरेका हुन् ।

सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले चरक मेमोरियल अस्पताल प्रा.लि.पोखरामा उपचार गराउदा सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका हाल काठमाण्डौं उपत्यकाभित्र ८ सहित देशभर ७६ शाखाका साथै ३३ वटा एटीएम संचालनमा छन । बैंकले छिट्टै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…
  • भरतपुरमा सुजुकी मोटर्सको शोरुम

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर…
  • पोखरा आइडिया मार्ट सुरु, १९ समूह छनोट

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा पोखरा आइडिया मार्ट तथा बुट क्याम्प…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…

hero news full width