धादिङमा वस दुर्घटना दुईको मृत्यु, ३२ घाइते

आदर्श समाज सम्वाददाता
असार १५, २०७६
naubise-road-jam-photo_1538528251-1000×0

पोखरा, १५ असार । धादिङ बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित पृथ्वी राजमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन सवारी साधनमा यात्रा गर्ने ३२ यात्रु घाइते भएका छन् ।

काठमाण्डौदेखि चितवन तर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रोवस आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको धादिङ प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा धादिङ महादेवस्थान ८ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र नामथर नखुलेकी अन्दाजी २० वर्षकी एक युवती रहेकी छन्, उनीहरुको शव गजुरी अस्पतालमा राखिएको छ ।

घाइते मध्ये गम्भीर १८ जनालाई उपचारका लागि काठमाण्र्डौ पठाइएको छ भने सात जनाको गजुरी स्थित चरौंदी अस्पताल उपचार भइरहेको छ भने तीन जना सामान्य उपचार पछि फर्किएका छन् । बा.३ ख. १००४ नं वसका चालक रवीन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइक्रोवसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जानकारी प्रहरीले दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts