पोखरामा वम आतङ्क

आदर्श समाज सम्वाददाता
असार ११, २०७६

नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङ जिल्ला सेक्रेटरी पोखरामा पक्राउ परेका छन् । उक्त समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा–४ सिद्वार्थचोकबाट सोमबार राति पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पक्राउ परेको स्वीकार गरेका छन्। सोमवार साँझ पोखराको सिद्वार्थ चोकमा बम राख्ने व्यक्तिको खोजि गर्ने क्रममा उनी पक्राउ परेका हुन्। सोनाम माथि थप अनुसन्धान भइरहेको छ।

त्यस्तै मंगलवार पोखरा–१४ चाउथे, पोखरा–२७ तालचोक, नयाँ बजार, पार्दी लगायतका स्थानमा भेटिएका वम नेपाली सेनाको प्राविधिक टोलीले निस्क्रिय पारेको छ।

विप्लव समूहले आफ्ना नेता प्रहरीले गोली हानी मारेको भन्दै मंगलबार अर्थात असार १० गते नेपाल बन्दको आब्हान गरेको थियो। विप्लव समूहको बन्दको असर पोखरामा पनि परेको छ। लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन, शैक्षिक संस्था, उद्योग एवं व्यापारिक केन्द्र बन्द भएका थिए।

यसैगरी बागलुङ नगरपालिका वडा २ श्रीनगर टोलमा बम फेला परेपछि नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ। नेपाल बन्द सफल बनाउन शंकास्पद बस्तु बम राख्दै आएको नेकपाले बागलुङ बजार नेपाली सेनाको ब्यारेक नजिकै बम राखेपछि बागलुङ बासि त्रसित बन्न पुगेका थिए।

आफ्नो पार्टीको केन्द्रीय नेतालाई पक्राउ गरेपछि मुठभेट नाममा हत्या गरेको बिरोधमा आव्हान गरेको नेपाल बन्दको कारण सम्पूर्ण यातायातका साधन बजार शिक्षण संघसंस्था प्रभावित बन्न पुगेको छ।

बन्दले बागलुङबाट लामो तथा छोटो दुरीको सवारीसाधन नचल्दा यात्रु गन्तव्यमा पुग्न कठिनाइ भयो ।

Related News

सम्बन्धित समाचार

hero news full width