विप्लव समूहका लमजुङ सेक्रेटरी पक्राउ

आदर्श समाज सम्वाददाता
असार १०, २०७६
p 0010

पोखरा, १० असार । नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङ जिल्ला सेक्रेटरी पोखरामा पक्राउ परेका छन् । उक्त समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा–४ सिद्धाचोकबाट सोमबार राति पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पक्राउ परेको स्वीकार गर्दै सोनाममाथि थप अनुसन्धान भइरहेको बताए ।

त्यस्तै मंगलवार पोखरा–१४ चाउथेमा फेला परेको बमलाई नेपाली सेनाको प्राविधिक टोलीले निस्क्रिय पारेको छ । सोमबार साँझ पोखरा–४ सिद्धार्थचोकस्थित फेवा एग्रीकल्चर प्रालिको तरकारी वजारमा फेला परेको बम नेपाली सेनाको प्राविधिक टोलीले निस्क्रिय पारेको थियो ।

विप्लव समूहले आफ्ना नेता प्रहरीले गोली हानी मारेको भन्दै मंगलबार अर्थात असार १० गते नेपाल बन्दको आब्हान गरेको छ । विप्लव समूहको बन्दको असर पोखरामा पनि परेको छ । लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन, शैक्षिक संस्था, उद्योग एवं व्यापारिक केन्द्र बन्द छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width