राष्ट्रिय तेक्वान्दो असार ६ र ७ गते

एजेन्सी
असार ४, २०७६
ec61766f663cbc8258908658d55bb36a_w1000_h500_cp_Fotor

नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ को आयोजनामा आगामी ६ र ७ गते काठमाडौंमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ।

नेपाल तेक्वान्दो संघ प्रदेश ३ ले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहने जनाएको छ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा हुने प्रतियोगितामा ग्योरीगीतर्फ पुरुषमा ९ र महिलामा ७ तौल समूहमा प्रतिस्पर्धा हुने तेक्वान्दो संघ प्रदेश ३ का अध्यक्ष केशव पुरीले बताए। यस्तै पुम्सेमा एकल, जोडी र समूहमा प्रतिस्पर्धा हुने उनले बताए। विभागीय टोलीहरुको सहभागिता नरहने प्रतियोगितामा हरेक प्रदेशबाट प्रत्येक तौल समूहमा एक जना मात्र खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width