राष्ट्रपति रनिङ शिल्ड टप्सलाई

आदर्श समाज सम्वाददाता
असार ३, २०७६
64589657_2168868989877013_2459783716663197696_n

पोखरा–३ असार । पोखरा महानगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि टप्स इङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ ।

पोखरा महानगरपालिकाको आयोजनामा भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७६ को उपाधि टप्सले आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

२०७६ जेठ ३१ गतेदेखि असार २ गतेसम्म पोखरा रङ्गशालामा आयोजना गरिएको सो प्रतियोगितामा पोखरा महानगरभित्रका संस्थागत र सरकारी गरी सयभन्दा बढी विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा उसु, एथ्लेटिक्स, छात्र÷छात्रा भलिबल , कब्बड्डी लगायतका खेल खेलाइएको थियो । उक्त प्रतिस्पर्धामा ९ स्वर्ण सहित टप्स यस वर्षको च्याम्पियनसिप बनेको हो । प्रतियोगितामा पोखरा महानगर भित्रका विद्यालयमा अध्ययनरत कक्षा १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । रनिङ शिल्डमा उत्कृष्ट खेल प्रदर्शन गरी विजेता बन्न सफल विद्यार्थी खेलाडीलाई सोमबार बेलुका विशेष समारोह बिच पुरस्कार, ट्रफि र मेडल प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width