आगामी २४ औं संस्करणको एसियन तेक्वान्दो च्याम्पियनसीप प्रतियोगिता पोखरामा हुने बलियो सम्भावना बढेको छ। एसियन तेक्वान्दोका ३ अन्तराष्ट्रिय प्रतियोगता गर्नका लागि नेपालले दाबी पेश गर्ने भएको छ।
नेपालले एसियन तेक्वान्दो च्याम्पियनसीप, एसियन तेक्वान्दो पूम्से च्याम्पियनसीप र एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनसीपको आयोजनाका लागि दाबी पेश गर्न लागेको हो।
जोर्डनको राजधानी अम्मानमा असार ३१ गते बस्ने एसिया तेक्वान्दो महासंघको बैठकमा नेपालले आयोजना गर्नका लागि दाबी गर्ने भएको नेपाल तेक्वान्दो संघले जनाएको छ। जोर्डनको अम्मानमा हुने महासंघको उक्त बैठकले च्याम्पियनसीपका लागि आयोजक राष्ट्रको चयन गनेर्छ।
त्यहाँ नेपालले एसियन तेक्वान्दो च्याम्पियनसीपको २४ औं संस्करण, एसियन तेक्वान्दो पूम्से च्याम्पियनसीपको छैटौं संस्करण र एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनसीपको पाँचौं संस्करण आयोजना गर्नका लागि आफ्नो दाबेदारी पेश गर्ने गण्डकी तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले बताए।
अध्यक्ष गुरुङले प्रतियोगिता आयोजनाको दाबी पेश गर्नका लागि आवश्यक सूचना संकलन गरेर शनिबार गण्डकी प्रदेशका महिला, सामाजिक, खेलकुद विकासमन्त्री नरदेवी पूनलगायतसँग छलफल गरेका थिए। छलफलमा केन्द्रीय तेक्वान्दो संघका सदस्य मदन केसी, राखेप सदस्य राजेश गुरुङका साथै पर्यटन व्यवसायी र अन्य खेलकर्मी सहभागी थिए।
प्रत्येक २ वर्षमा हुने एसियन च्याम्पियनसीप आयोजनाका लागि नेपाल तेक्वान्दो संघले चैत ८ देखि १३ गतेसम्म पोखरामा गर्ने गरी दाबेदारी प्रस्तुत गर्न लागेको गण्डकी तेक्वान्दो संघका अध्यक्ष गुरुङले जानकारी गराए।
नेपालले यसअघि १९८८ मा आठौं एसियन च्याम्पियनसीपको सफल आयोजना गरेको थियो। नेपालले उक्त एसियन च्याम्पियनसीप आयोजनाको जिम्मेवारी पाए खेलाडीको क्षमता वृद्धि हुनुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एसिया तेक्वान्दो महासंघको बैठकले च्याम्पियनसीपको आयोजना नेपाललाई दिने निर्णय गरेमा स्वतः पोखरामा हुने पक्का भएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य मदन केसीले बताए।
दावेदारीका लागि नेपाल तेक्वान्दो संघ यतिखेर प्रपोजल तयारी र खेलका लागि पूर्वाधारको भिज्यूअल छायांकनमा जुटेको केन्द्रीय सदस्य केसीले बताए। च्याम्पियनसीप आयोजनाका लागि यसपाली नेपालले दर्हो दावेदारी गर्ने केसीले उल्लेख गरे।
च्याम्पियनसीपका लागि पोखरामा पूर्वाधारको कुनै कमी नरहेको केसीले दावी गरे। हालसालै मात्रै नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रकाशशम्शेर राणा र महासचिव दिपराज गुरुङले पोखरा रंगशालाको कभर्डहलको अवलोकन गरेर च्याम्पियनसीपका लागि उपयुक्त भेनु ठहर गरेको समेत केसीले उल्लेख गरे। ‘च्याम्पियनसीपमा ७ सय खेलाडी, ३ सय रेफ्री र अफिसियलहरुको सहभागिता रहनेछ, ’ केसीले भने, ‘साथमा खेलाडी र अफिसियलहरुको परिवारसमेत गरी करिब २ हजारको संख्यामा यहाँ आउनेछन्। यसले पोखराको बाह्य पर्यटनमा मद्दत पुग्छ। सरकारले ल्याएको भिजन २०/२० लाई समेत सहयोग पुर्याउँछ।’
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१